यदि एक गिलास कोल्ड ड्रिंक्सको सेवन गर्दाे करिब १०० क्यालोरी बराबरको शक्ति प्राप्त हुन्छ । यदि कुनै पनि व्यक्तिले १०० क्यालोरी पचाउन चाहन्छ भने उसले डेढ किलोमिटर हिँड्नुपर्छ । यदि क्यालोरी शरीरमा थप गरेको अवस्थामा पनि नहिडेमा त्यसले तपाईंको शरीरको मोटोपना बढाउन सक्छ ।
त्यो भन्दा पनि यस्ता विभिन्न प्रकारका कोल्ड डिंक्सहरु मानव शरीरका लागि एकदमै हानिकारक छ भनी विशेष गरेर युवा तथा बालबालिकाहरुले एकदमै बुझ्नु आवश्यक छ । कोल्ड डिंक्सहरु सेवन गर्दाे यो त्यति धेरै गुलियो भएको अनभुव हुँदैंन । जति पानीले चिनी पानीमा खाँदा गुलियोको महसुस गर्छ ।
कोल्ड डिंक्सहरुमा विभिन्न प्रकारका रसायनिक पदार्थहरु मिलाइएको हुने कारण यो त्यति गुलियो नभएको अनुभव हुने गर्छ । मानिसले कोल्ड ड्रिंक्स पिएको ३० मिनेटमा नै रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्छ।यदि जसको शरीरमा सुगरको मात्रा हुँदैंन त्यस्तो व्यक्तिको इन्सुलिनको उत्पादन हुन जान्छ र ग्लुकोजको मात्रा बढ्न दिदैंन ।मानव शरीरको कार्य प्रणालीहरु विस्तारै सुगरको मात्रा बढ्नुपर्ने हुन्छ ।
तपाई यसरी कोल्ड ड्रिक्सको सेवन गरेमा त्यसैअनुसार कार्य गर्नुपर्ने हुन्छ । त्यसैले तपाईले जति पटक कोल्ड ड्रिंक्सको सेवन गर्नुहुन्छ त्यति नै ओभर परफरर्मेन्स गर्नुपर्ने हुन्छ । यदि त्यसो गर्न नसकेको अवस्थामा इन्सुलिन रिजिटिन सिन्ड्रोमको अवस्था आउन सक्छ । यस अवस्थामा मानिसको शरीरमा रहेको इन्सुलिनले जसरी काम गर्नुपर्ने हो त्यसरी काम गर्न सक्दैन । यस्तो अवस्थामा मेटाबोलिक सिन्ड्रोम,प्रेसर, सुगर , कोलेस्ट्रोरेल, मस्तिष्क रोग , मोटोपना लगायतका समस्याहरु आउन सक्छन् ।
मेटाबोलिक सिन्ड्रोम भनेको प्रेसर, सुगर तथा कोलेस्ट्रोरेलको समष्टि रुप हो । प्रत्येक दिन १ गिलास कोल्ड डिंक्सको सेवन गर्ने मानिसहरुलाई मेटाबोलिक सिन्ड्रोमको समस्या ५० प्रतिशतले बढ्ने गर्छ । यदि दैनिक रुपमा एउटा स्याउ वा केरा खाएमा पनि १०० क्यालोरी प्राप्त हुन्छ त्यसबाट शरीरमा राम्रो प्रकारको इन्सुलिन उत्पादन हुन्छ । यस प्रकारको इन्सुलिनले शरीरलाई कुनै पनि प्रकारको हानि गर्दैन ।
यसको अर्थ हामीले प्राकृतिक रुपमा प्राप्त हुने गुलिलो खानेकुराको सेवन गरेको अवस्था त्यसले शरीरमा कुनै पनि प्रकारको हानि गर्दैन । तर कृत्रिम रुपमा शरीरमा प्राप्त हुने गुलिलोले मानव शरीरका विभिन्न अंगहरुमा असर पार्छ । स्याउ सेवनले मानव शरीरमा फाइबर, मिनरल्स तथा भिटामिन लगायतका तत्वहरु प्राप्त हुन्छ ।