काठमाडौं। औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ। यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।
प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ।
लक्षणहरु
सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखी १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन ।
निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन।
निदान तथा उपचार
संकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामी हरुको रक्त नमुना संकलन गरी रक्त परिक्षण वाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ।
नेपालमा औलो रोगको लक्षणहरुका आधारमा ९महिला स्वास्थ्य स्वयंसेविका सहित अन्य स्वास्थ्य कार्यकर्ताद्वारा शंकास्पद औलोको रुपमा निदान, च्म्त् द्वारा द्रत निदान परीक्षण, सक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी प्रमाणित औलो रोग भए नभएको निदान गरिन्छ ।
औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरु नेपाल सरकारको तर्फवाट निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह वमोजिम पुर्णरुपमा औषधि सेवन गर्न पर्ने हुन्छ ।
रोकथाम
सामान्य रुपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।
पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ ।
घर घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरु वच्ने उपायहरुको वारेमा चेतना फैलाउने , संकास्पद विरामीले तुरुन्त परिक्ष ण गर्ने तथा विरामीहरुले तुरुन्त उपचार गर्ने आदी गरेमा औलो रोगवाट वच्न तथा अरु लाई वचाउन सकिन्छ ।