काठमाडौं- सुत्केरी अवस्था भनेको गर्भावस्थाको जटिल प्रक्रिया पार गरेको अवस्था हो । यो समयमा सुत्केरीलाई श्रीमान लगायत परिवारको साथको आवश्यकता पर्दछ ।
त्यसका साथै सुत्केरी स्वंयमले आफ्नो र आफ्नो सन्तानको ख्याल राख्नुपर्ने हुन्छ । अन्य समय भन्दा भन्दा गर्भवस्था र सुत्केरी अवस्स्थामा खानापिन देखि लिएर कागकाज , सुताईहरुमा ख्याल गर्नु पर्ने हुन्छ ।
यस्ता छन् सुत्केरी आमाले ख्याल गर्नु पर्ने केहि टिप्सहरुः
सुत्केरी महिला उत्तानो पोजिसनमा मात्र सुत्नुपर्छ ।
सुत्केरीले हिडाई र पौडि खेल्नबाट शारिरीक क्रियाकलाप सुरु गर्नुपर्छ ।
शुरुमा सजिलो व्ययाम मात्र गर्नुपर्छ । १२ हप्तासम्म नितम्ब वा पेटमा दबाब पर्ने कडा व्ययाम गर्नुहुदैँन ।
दुध खुवाउँदा ढाडको तल्लो भागलाई पछाडिबाट सर्पोट दिनुपर्छ ।
कब्जियत हुन नदिन प्रशस्त रेशादार खानेकुरा र पानी पिउनुपर्छ ।
गहुंगो चिज उचाल्नु हुदैँन ।
बच्चाको डाइपर निहुरिएर भन्दा टेबलमा राखेर बदल्नु उपयुक्त हुन्छ ।