काठमाडौँ । आफ्नो अनुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन् आफ्नो अनुहारमा अझै निखार आओस् र सुन्दर देखियोस् ।
यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।
तर, आफ्नै घरमा भएका सामाग्रीहरू प्रयोग गरेर पनि ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सकिन्छ । त्यसका लागि टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सकिन्छ ।
कागतीमा भिटामिन सी पाइन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ ।
जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसबाट हुने फाइदाका बारेमा ।
छालालाई शितलताः चर्को घामले छालामा समस्या ल्याइरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ ।
सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टेनिङलाई कम गर्न मद्यत गर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बालाइ कम गर्नका लागि पनि उपयोगी रहेको छ ।
एन्टी–एजिंग मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरू पाइन्छ । जसले छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ । यसका लागि कागतीको रसमा मह मिलाएर अनुहारमा लगाउन सकिन्छ र १५ मिनेटपछि सफा पानीले अनुहार पखाल्नुपर्छ।