काठमाडौं । रगतमा चिनीको मात्रा सामान्यभन्दा बढि रहने अवस्था नै व्यक्तिलाई ‘मधुमेह’ रोग अर्थात् ‘सुगर’ लागेको अवस्था हो । जसलाई समयमै नियन्त्रण नगरिएको खण्डमा परिणाम स्वरुपः व्यक्तिमा गम्भीर खालका स्वास्थ्य जटिलताहरु निम्तिने सम्भावना उच्च रहन्छ ।
तसर्थ मधुमेहका प्रत्येक बिरामीेले आफुले खान हुने र नहुने खानाको विषयमा आवश्यक जानकार रहि सोहि अनुरुप खानामा नियन्त्रण गर्नुपर्दछ ।
स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्त राख्न मद्दत गर्दछ । जसकारण व्यक्ति आफुले खान हुने वा नहुने खानाको सम्बन्धमा जानकारक रहनु पर्छ । यदि तपाई मधुमेहको बिरामी हुनुहुन्छ, भने यस आर्टिकलले तपाईलाई तपाईले खान नहुने खानाबारे उचित जानकारी प्रदान गर्न मद्दत गर्छ ।
१. चिनीयुक्त गुलिया पेय पदार्थ
कृत्रिम गुलियो पेयपदार्थ मधुमेहका बिरामीले खानै नहुने हानिकारक खानामध्ये एक हो।पेय पदार्थमा चिनीको मात्रा अत्याधिक रहने भएकाले मधुमेह बिरामीका लागि यसको सेवन उचित मानिदैन । तसर्थ मधुमेहका बिरामीे सक्दो यस प्रकारको गुलियो पेयपदार्थको सेवनबाट टाढै रहनु पर्छ ।
२. होल मिल्क
अन्य दुधको तुलनामा ‘होल मिल्क’ मा फ्याट तथा क्यालोरीको मात्रा अधिक रहन्छ । यसप्रकारको दुध सेवनले व्यक्तिको तौल बढाउँदै व्यक्तिलार्ई मोटोपनतर्फ डोर्याउन मद्दत गर्छ ।
विभिन्न अध्ययन अनुसन्धानका अनुसार, मोटा मानिसहरुमा मधुमेह तथा अन्य स्वास्थ्य समस्याको जटिलता उच्च रहन्छ ।
तसर्थ व्यक्तिले होल मिल्कको पिउने आफ्नो यस बानीलाई हटाई फ्याटको मात्रा कम भएको वा सकेसम्म स्किम दुध(फ्याट तथा केहि क्यालोरीको मात्रा हटाइएको) दुधको सेवन गर्नुपर्छ ।
यस्तै ल्याक्टोज (चिनी भएको दुध) सह्य नहुने व्यक्तिले त्यसको विकल्पस्वरुप अल्डमोण्ड(देशी बदाम) मिल्क, सोय(भटमास) मिल्क अथवा राइस मिल्कको प्रयोग गर्न सक्छन् ।
३. नास्तामा प्रयोग गरिने अनाज
नास्तामा प्रयोग गरिने अनाज अन्नलाई प्रशोधित गरेर दूुधसंग खानका लागि तयार गरिएको हुन्छ । त्यस्ता खाद्य कृत्रिम रुपमा गुलियो हुने भएकोले त्यसमा मोटोपन र चिनीको मात्रा उच्च रहन्छ ।
यद्यपि मधुमेहका बिरामीले भने यसको विकल्प स्वरुप बजारमा सजिलै पाइने लो(कम) फ्याट भएका अनाजको प्रयोग गर्न सकिन्छ ।
४. मकै
मकै एक फाइबर, भिटामिन एवम् मिनरल्सयुक्त खाद्य हो । स्टार्चको मात्रा अधिक रहने भएकोले मकैले रगतमा चिनीको मात्रालाई प्रोत्साहन गर्छ । जसकारण पनि मधुमेह बिरामी मकै सेवनबाट टाढै रहनुपर्छ ।
यद्यपि मधुमेहका बिरामीले के बुझ्नुपर्छ भने, यी समूहले पनि चिकित्सकको सल्लाहअनुसार मकैको केहि मात्रा भने अवश्य उपभोग गर्न सकिन्छ ।