काठमाडौं । गर्मीको मौसमलाई फलफूलको मौसम मानिन्छ । गर्मीको सीजनमा आउने फलललाई स्वास्थ्यका लागि हितकर मानिन्छ । गर्मीमा पाचन समस्या र डिहाइड्रेसनको समस्या पनि बढ्ने गर्दछ ।
गर्मीका बेला शरीरमा पानीको पनि कमी हुने हुनाले फलफूलको बढी सेवन लाभदायक मानिन्छ । प्रयास सबै फलफूल भिटामिन्स र एंटिअक्सिडेन्टले भरपुर हुन्छन् । त्यसकारण पनि गर्मीको मौसममा यी पाँच फल खानु उपयुक्त हुने बताउँछन् स्वास्थ्यविज्ञहरु ।
मेवा
मेवा पेटको लागि अत्यन्तै फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको मेवामा प्रयाप्त मात्रामा बीटा क्यारोटिन, भिटामीन, फाइवर र पोटासियम पाइन्छ ।
मेवामा पाइने भिटामीन ए ले आँखामा तेजिलो पन ल्याउनुका साथै रगत सफा गर्ने बताइन्छ । महिलाको लागि विशेष मानिन्छ मेवा । मेवा सेवनका कारण छालामा विशेष निखारता ल्याउछ ।
नरिवलको पानी
नरिवल जुन मौसममा खादा पनि फाइदा गर्दछ । तर, गर्मीको मौसममा नरिवलमा रहेको पानी पिउनाले शरीरलाई विभिन्न फाइदा गर्दछ ।
नरिवलको पानीमा इलेक्ट्रोलाइट्स हुने हुनाले शरीरमा पानीको कमि पूरा गर्ने तथा डिहाइड्रेशनबाट बचाउँछ । साथै नरिवलको पानीले तपाइको रगतमा प्लेटलेसको कमी बढाउने काम गर्छ । त्सयले तपाइको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।
काक्रा
गर्मीको मौसममा काक्रा सहज रुपमा पाइने चीज हो । अन्य फलफूल भन्दा जहाँ पनि सहज रुपमा पाइने काक्रामा ९५ प्रतिशत पानी हुन्छ ।
यसले तपाइको शरीरको तापमान नियन्त्रण गर्नमा सहयोग गर्दछ । यसका साथै यसले शरीरमा रहेको विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्दछ । काक्रा ब्लड प्रेसर नियन्त्रण राख्नका लागि पनि उपयोगी फल मानिन्छ । यसले पाचनतन्त्रमा आउने गडबडीलाई पनि सहि बनाउन सहयोग गर्दछ ।
खरबूजा
खरबूजा गर्मीमा सहज रुपमा पाइने फल हो । नेपालमा रातो तरबूजालाई नै खरबुजा भनेर खाने चलन छ । तर, खरबुजा जस्तै बिया भएको अर्को पहलो कलरको फल पनि हुन्छ ।
जो तरबूजा भन्दा सानो आकारको र खाँखा तरबूजा भन्दा नरम र लेसिलो हुन्छ । नेपालमा यसलाई फलफूलका रुपमा खाने चलन कमै छ । तर, पछिल्लो पटक नेपालीको भान्सामा बढी मात्रामा प्रयोग भएको पनि पाइन्छ ।
यसमा भिटामीन ए, बी, सी, म्याग्नेशियम, सोडियम र पोटाशियम पाइन्छ । उक्त फल गर्भवती महिलाका लागि बढी फाइदाजनक रहेको मानिन्छ । यसका साथै भरपूर रुपमा पाइने फाइबरका कारण पेट सफा राख्न मदत गर्दछ ।