काठमाडौं । निश्चित अवधीमा हामीलाई भोक लाग्छ । भोक लाग्नुले सामान्यतया शरीरलाई पौष्टिक आहारको आवश्यकता छ भन्ने संकेत गर्छ । भोक मेट्न खानेकुरा खाइन्छ ।
तर, खाना खाइसकेपछि पनि खानेकुराको तलतल लाग्न सक्छ । किन ?
खाना खाए लगत्तै वा केहि समयपछि पुन भोक लाग्छ भने त्यसले के संकेत गर्छ रु किन भोक लागेको महसुष हुन्छ रु यसले शारीरिक अवस्थामा केहि गडबड छ भन्ने जनाउँछ । स्वास्थ्यमा केहि न केहि समस्या छ भने नै यस किसिमको अनुभव हुन्छ ।
१. निन्द्रा नपुगेर
शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ । यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ ।
खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो । आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ ।
अन्य समस्याहरु
मुडमा परिर्वन, आलस्यता, दिउसो निद्रा नलाग्नु, तौल बढनु आदि ।
के गर्ने ?
पर्याप्त निन्द्रा लिने अभ्यास गरौं । यसबाट शरीरको इनर्जी लेभल र भोक बढाउने हार्मोन्सको स्तर सन्तुलित रहनेछ।
२. अत्यधिक तनाव
हामीले महसुष गरेका छौ, सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुन्छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुष हुन्छ ।
मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।
अत्याधिक तनावग्रस्त भएको अवस्थामा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हार्मोन रिलिज हुन्छ, जसले गर्दा बारम्बार खाने इच्छा हुन्छ । सन् २००८ मा गरिएको एक अध्ययनको रिपोर्टअनुसार जो व्यक्तिहरु तनाव वा डिप्रेसनमा हुन्छन्, उनीहरुको शरीरमा भोक बढाउने ग्रेलिन नामक हार्मानको स्तर बढेर जान्छ । यसले गर्दा बारम्बार भोक लाग्नु स्वभाविकै हो ।
अन्य समस्याहरु
रिस, थकान, टाउको दुखाई, अनिद्रा, पेटको समस्या