प्राकृतिक रूपमा धेरै गुलियो र पाकेको फलफूल दूधसँग खाँदा फाइदाजनक नै हुन्छ । यस्तै एभोकाडोलाई पनि दूधमा मिसाएर खान सकिन्छ । खजूर, अञ्जीर जस्ता ड्राइ फ्रुट पनि दूधसँग खान सकिन्छ ।
ताजा फलफूललाई अन्य कुनै पनि खानेकुराको तुलनामा हल्का र छिटो पच्ने मानिएको आयुर्वेद विज्ञहरु बताउँछन् । यदि बिहान वा बेलुकाको खानासँगै फलफूल खानुहुन्छ भने यो पेटमा त्यति बेलासम्म रहन्छ जबसम्म पूरा खाना पच्दैन । जबकि खाना खाएको एक वा दुई घण्टापछि फलफूल खानुहुन्छ भने यो छिट्टै पच्छ ।
पेटमा एसिड बन्न थाल्छ
कुनै बाल्टीमा धेरै नै पाकेको फलफूल राख्नुहोस् । फल यति पाकेको होस् कि त्यसको गुदी बाहिर निस्किएको होस् । यसलाई घाममा राख्नुहोस् । यो बजिरहेको जस्तो देखिनेछ । यसरी नै खाना खाने बित्तिकै फलफूल खानुहुन्छ भने यो लामो समयसम्म पेटमा रहिरहन्छ । पेटमा रहेको पाचन रसले यसलाई पचाउन जारी राख्छ । यसले फर्मेन्टेसनको प्रक्रिया भइरहन्छ । त्यसैले तपाईंले देख्नुभएको होला कि खाना खाने बित्तिकै फलफूल खाँदा एसिडिटीको समस्या धेरै हुन्छ ।
पाचन प्रणालीमा अवरोध
आयुर्वेदमा पेटमा हुने अम्लीय अवस्थालाई ‘अम’ भनिन्छ । यसले हाम्रो पाचन प्रणालीलाई कमजोर बनाउँछ । पेटमा पाचन रस निष्कासन कम हुन्छ । शरीरमा पोषक तत्त्वहरू राम्ररी घुल्न सक्दैनन् । त्यसैले परिणाम उल्टो हुन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्नुको सट्टा गडबडी निम्त्याउँछ ।
दूधसँग सुन्तला खाँदा छाला रोग लाग्न सक्छ
फलफुलाई कुनै पनि खानेकुरासँग खान सकिन्छ । स्याउ, केरा, अनार, अङ्गुर वा कुनै पनि फलफूल खानासँग खानु हुँदैन किनभने उनका अनुसार यसले स्वास्थ्यलाई कम फाइदा पुर्याउँछ र यसको हानी बढी हुन्छ ।
खाना अघि वा पछि ?कति बेला खाने फलफूल ?
खाना खानुभन्दा एक घण्टा अगाडि वा दुई घण्टापछि फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।
माछा–मासु खाएपछि बिर्सेर पनि नखानुहोस् दूध
सामान्यतया माछा खाएपछि दूध पिउन निषेध गरिएको छ। तर माछा मात्र होइन, कुनै पनि नन–भेज खानेकुरा खाइसकेपछि दूध वा दही खानु हुँदैन । रातिको समयमा माछा–मासु खानुभएको छ भने दूध खाँदै नखानुहोस्।