काठमाडौं । भान्सामा विभिन्न परिकारका खानामा प्रयोग हुने पुदिना ओषधीय गुण भएकाे वनस्पति हो । पुदिनामा औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिना धेरै जसो मानिसहरुको घरमा पाइन्छ।
पुदीनाबाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।
पुदिना वा पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको सेबनले शरिरलाई अत्यधिक लाभदायक मानिन्छ। पुदिनाको पातले हरियो सलाद, चटनी, राइता र पुदीना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ।
पुदिनाबाट हुन सक्ने बेफाइदाहरू
१. ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाब दिइन्छ ।
२. गर्भावस्थामा पुदिनाको चिया पिउनाले गर्भपतनको जोखिम धेरै पटक बढ्छ, त्यसैले महिलाले गर्भावस्थामा यसको प्रयोग गर्नु हुँदैन।
३. पुदिनाको अत्याधिक प्रयोगले तपाईको मिर्गौला र आन्द्रालाई हानि पुर्याउन सक्छ।
४. मृगौलाको रोगीले नियमित पुदिना सेवन गर्दा झन समस्यामा ल्याउन सक्छ ।
५. यसले रगतमा चिनिको मात्रा कम गराउँछ ।
६. ७-८ बर्ष भन्दा मुनिका बालबालिकाको लागि पुदिना राम्रो मानिदैन ।
७. जसको छाला संवेदनशील छ, उनीहरूलाई मेन्थोलसँग एलर्जी हुन सक्छ। त्यसैले तिनीहरूले यसको सेवन गर्नुपर्छ र यसबाट टाढा रहनुपर्छ।
८. कलेजोको बिरामीले पनि सकेसम्म पुदिनाको सेवन नगर्नु राम्रो हुन् ।