काठमाडौं । घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । गाईभैँसीको दुधबाट बन्ने एक पौष्टिक तत्वको रुपमा घिउलाइ लिइन्छ ।
घिउ स्वस्थ्य र फुर्तिलो शरिरका लागि खाने गर्दछ । यसले शरिरलाई फर्तिलो र स्वस्थ्य मात्र होइन मोटो शरिरलाई समेत छरितो बनाउन मद्धत गर्दछ । घिउले शरिरमा भएको मोटोपनालाई घटाएर फुर्तिलो बनाउछ । त्यतिमात्र नभई नियमित घिउको सेवन गर्नाले विभिन्न रोग निको हुने बताइन्छ ।
घिउका औषधीय गुण
कपाल दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ।
जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ।
आँखा धमिलो र फूलोमा
गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ।
खानामा अरुची भएमा
घ्यूमा नीमको कमलो ८१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।
आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन।
शूल भएमा, धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ।
सेतो दुवी आएमा
रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहानरबेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ।
ओठ फुट्ने भएमा
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २र४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।