काठमाडौंको तत्कालीन क्षेत्र नं १ मा स्थापना शंकरापुर अस्पतालको स्थापना गरिएको थियो । विशेषगरी काठमाडौंका भद्रवास, मुलपानी गोठाटार, साँखु, लप्सेफेदी, तथा नाङलेभारे त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र, चौतारा, भोटेचौर लगायतका क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने लक्ष्यका साथ शंकरापुर अस्पतालको स्थापना गरिएको हो।
प्रस्तावना अनुसार यस अस्पताल निजी हो तर स्वास्थ्य सेवा जुनसुकै वर्गका मानिसहरुको पहुँचमा हुनुपर्छ भन्ने लक्ष्यका साथ शंकरापुर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अस्पताल स्थापनाको सुरुवातको समयमा म (डा.रमेश ढकाल ) र डा.सुभाषराज आचार्य यस अस्पतालमा संलग्न थियौं । हाल ३४ विशेषज्ञ चिकित्सकहरु १५ जना मेडिकल अफिसरसहित करिब १५० जनाको टिम यस अस्पतालमा कार्यरत्त छन् ।
शंकरापुर अस्पतालमा के के सेवा पाइन्छ ?
कार्डियो बाहेक हाल अस्पताल सम्पूर्ण विभागहरु सञ्चालित छन् । कार्डियो ओपीडी सेवा भने अस्पतालले प्रदान गरि नै रहेको छ । नाक,कान घाँटी, न्यूरोलोजी, यूरोलोजी,गाइनोलोजी,रेडियोलोजी लगायत सम्पूर्ण सेवाहरु अस्पतालले प्रदान गरिरहेको छ ।
दैनिक १०० भन्दा बढी संख्यामा बिरामीहरु ओपीडी उपचारका लागि आउने गरेका छन् भने १५–२० को हाराहारीमा बिरामीहरु इमर्जेन्सीमा आउने गरेका छन् । महामारी तथा गर्मीको समयमा भने बिरामी संख्या ह्वातै बढ्दा बेड अभावको स्थिती समेत आउने गर्छ । अस्पतालले कोरोना महामारीको समयमा कूल ५५ बेडमा ३५ बेड कोरोनाको उपचारका लागि छुट्याइएको थियो ।
सञ्चालित विभिन्न सेवा मध्ये अस्पतालले मेडिसिन तथा प्रसूती विभाग अन्तर्गत अन्र्तगतको सेवालाई अब्बल बनाएको छ । निजी अस्पतालबाट स्वास्थ्य सेवा लिँदा करिब ९० प्रतिशत खर्च बिरामी आफैले व्यहोर्नुपर्ने नेपालीहरुको बाध्यता रहेको छ । यद्यपि भारतको तुलनामा नेपालको स्वास्थ्य सेवा निक्कै सस्तो छ ।
कोरोना महामारीले स्वास्थ्य सेवालाई महँगो बनाइदिँदा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट अधिकांश नेपालीहरु वञ्चित हुन परेको छ । दैनिक एक हजारको बेडमा बसेर १५ – २० हजारको बिल आउँदा पनि बिरामी र उसको परिवारले आर्थिक अभावको स्थिती सामना गर्नुपर्ने बाध्यता आम नेपालीहरुको छ ।
स्थापना कालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवाको नारालाई मुल मन्त्र बनाएर काम गरिरहेको यस अस्पतालले मध्यम शुल्कमा स्तरीय सेवा दिइरहेको छ । विस्तारै अस्पतालले बढाउँदै गएको विशिष्टीकृत उपचार सेवालाई मध्यनजर गर्दै विशेषगरी यस क्षेत्रका मानिसहरुले शंखरापुर अस्पताललाई स्वास्थ्य सेवाका एक महत्वपूर्ण गन्तव्य बनाउँदै आएका छन् ।
शंकरापुर अस्पताल किन बिरामीको रोजाइमा
संसारका जुनसुकै स्वास्थ्य संस्थाहरुले दिने स्वास्थ्य उपचार प्राय एकनासको नै हुने गर्छ । कुनै पनि अस्पतालको भौतिक संरचनासँग स्वास्थ्य सेवा सम्बन्धित हुँदैंन । चिकित्सकको अध्ययन तथा अनुभवले त्यस अस्पतालले दिने स्वास्थ्य सेवा कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । विशेष गरी यस क्षेत्रका मानिसहरुको रोजाईमा करिब दुई दशकदेखी शंकरापुर अस्पताल परेको छ । लामो समयसम्म अस्पताल यहाँ रहन सक्नुको मुख्य कारण अस्पताल तथा कार्यरत्त कर्मचारीहरुले बिरामीप्रति गर्ने आत्मीय व्यवहार नै हो ।
विभिन्न प्रकारका स्वास्थ्य बिमाको सेवा लिने,ज्येष्ठ नागरिक,विभिन्न संस्थाहरुसँग छुटका लागि गरिएको सम्झौता,नेपाल सरकारले लागु गरेको १० प्रतिशत बेड निम्न आय भएका मानिसहरुलाई छुट्याएर पनि शंकरापुर अस्पतालले स्वास्थ्य सेवा दिइरहेको छ ।आर्थिक अवस्था कमजोर भएकै कारण कतिपय बिरामीहरुले पुरा उपचार नै नगरी डिस्चार्ज माग्ने अवस्था आउँदा त्यस्ता बिरामीहरुलाई पूर्णरुपमा निशुल्क उपचार सेवा पनि अस्पतालले दिएका उदाहरणहरु छन् ।
सरकारले स्वास्थ्य सेवामा कस्तो नीति ल्याउनुपर्ला ?
आर्थिक पक्षका कारण स्वास्थ्य क्षेत्रमा रहेका तमाम् समस्याहरुलाई राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिहरुले उपयुक्त नीति ल्याउन आवश्यक छ । मध्यम तथा निम्न वर्गमा मानिसहरुले थेग्नै नसक्ने गरी स्वास्थ्य उपचार सेवा महँगो हुँदै गएको छ । यस्तो समस्याबाट छुटकारा पाई सबैको पहुँचमा स्वास्थ्य उपचार पु¥याउनका लागि स्वास्थ्य बिमाको उपयुक्त मोडल लागु गर्नुपर्ने देखिन्छ । राज्यले आर्थिक पक्षमा सबल नभएका बालबालिका तथा ज्येष्ठ नागरिकको निशुल्क उपचारको ग्यारेन्टी लिनुपर्ने हुन्छ ।
स्वास्थ्य सेवालाई निशुल्क बनाउने अभियान राज्यले चलाउन आवश्यक छ। स्वास्थ्य सेवालाई नाफामुलक बनाउनका लागि खोलिएका निजी अस्पतालहरु उपयुक्त नीति ल्याएर सरकारको नियन्त्रणमा लिन सकेको अवस्थामा स्वास्थ्य क्षेत्रमा बेथितीहरुलार्य अन्त्य गर्न धेरे हदसम्म सकिन्छ ।
सामाजिक उतरदायित्व अन्तर्गत अस्पतालले के गर्छ ?
शंकरापुर अस्पतालले सामाजिक उतरदायित्वको अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविरहरुको आयोजना गरिरहेको छ । वार्षिक रुपमा १५ वटा सम्म स्वास्थ्य शिविर गरिएको छ । अस्पतालले मेलम्ची नगरपालिका, कागेश्वरी मनहरा, शंखरापुर, गोकर्णेश्वर लगायत विभिन्न स्थानीय तहसँगको समन्वयमा समय समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । १०० बेड अस्पताल सञ्चालनका लागि कम्तीमा पनि ७ रोपनी जग्गा अस्पतालको क्षेत्रफल हुनुपर्ने नेपाल सरकारको नियम बमोजिम शंकरापुर अस्पतालले सम्झौता गरिसकेको छ।