अक्सर चिकित्सकहरुले शरीरलाई तन्दुरुस्त राख्न बिहानै छिटो उठेर दैनिक कम्तीमा आधा घन्टा व्यायाम गर्ने सल्लाह दिने गर्छन् । चिकित्सक फ्रोब्योसले व्यायामको अभ्यासले मानिसलाई थप ऊर्जाशील र फुर्ति बनाउने दाबी गरेका छन्। तौल घटाउन पनि मध्यान्हपछिको व्यायाम नै बढी प्रभावकारी रहने उनको सुझाव छ। यस्तै राति ८ बजेपछि व्यायाम गर्नु राम्रो मानिदैन। किनकी अध्यारोपछि विस्तारै शरीरको क्षमता कम हुँदै गइरहेको हुन्छ।
हिँड्ने,सिँढीहरुको व्यायाम,साइकल चलाउने,हातको लागि व्यायाम,पानीमा गरिने व्यायाम,नाच्ने,जस्ता एक्सरसाइज लाई एरोबिक्स एक्सरसाइज भनिन्छ । जुम्बा पनि एक प्रकारको एरोबिक्स डान्स हो।
नियमित हिँड्ने बानीले हाम्रो शरीरलाई अक्सिजन प्रदान गर्छ । साथै यसबाट हामीले थोरै समयको लागि भए पनि आफ्नो सारा दुःख भुल्छौं र यसले हाम्रो स्वास्थ्यमा सकरात्मक प्रभाव पर्छ । हामीले लिफ्टको प्रयोग नगरिकन सिँढीबाट तल माथि आउन सकिन्छ । यसले हाम्रो शरीरलाई चुस्त बनाउँछ र तागत पनि दिन्छ । पौडिनाले हाम्रो शरीरलाई पूर्णरुपमा तन्दुरुस्ती मिल्छ । यस बाहेक पानीमा तिव्र रुपमा हिँडेमा पनि हाम्रो खुट्टा मजबुत हुन्छ । दैनिक केही समय नाच्ने बानीले हाम्रो शरीरलाई एक फरक इनर्जी मिल्छ। यसले हामीलाई खुसी पनि प्रदान गर्छ ।
नाच्दै कुद्ने, घुम्ने, झुक्ने आदी गर्नाले हाम्रो शरीरलाई यसरी नै पूर्ण रुपमा धेरै राम्रो व्यायाम मिल्छ जसले हामीलाई स्वस्थ रहन मद्धत गर्छ । विभिन्न प्रकारका मानिसले यसलाई आफ्नो शरीरको लागि एक व्यायामको रुप दिन्छन् । यो एक यस्तो व्यायाम हो जसले हामीलाई रमाइलोसँग शरीरलाई तन्दुरुस्त बनाउँछ र त्यो पनि हाम्रो जोर्नीहरुलाई दुख नदिइकन ।
यो एक्सरसाइज बच्चादेखि बुढासम्म सबैले गर्न सक्छन् ।अन्य खालका व्यायाम भन्दा सरल पनि छ । एरोबिक्स एक्सरसाइजले एक घण्टामा ४०० देखि ६०० सम्म क्यालोरी नाश गर्न सकिन्छ। यसले शरीरको ब्लडप्रेसर ठीक राख्छ र हड्डीलाई पनि मजबुत बनाउँछ।
यसको फाइदा
१ यसले हाम्रो शरीरको क्यालोरी घटाउँछ ।
२ तौल घटाउने छ ।
३ हाम्रो शरीरलाई धेरै सहनशील बनाउँछ ।
४ हाम्रो मुटु पनि मजबुत र स्वस्थ हुन्छ ।
५ स्वस्थ रहन मद्धत गर्छ ।
६ यसले ब्लडप्रेसर ठीक राख्छ।
७ अन्य स्वास्थ्य समस्याहरु पनि कम गर्छ ।
८ यसले हड्डीलाई पनि मजबुत बनाउँछ।
साथै दैनिकी सन्तुलन भोजन खानुहोस्,स्वस्थ खानेकुराहरू मात्त खाने, बाह्य प्याकेटका खानेकुराहरू नखाने, दैनिक व्यायाम गर्ने, यसले तपाईँको शरीर त्यसै पनि स्वस्थ हुनेछ।