एजेन्सी । अधिकांश मानिसहरु खानामा करी पत्ताको प्रयोग वासना तथा स्वादका लागि गरिरहेका हुन्छन् ।
करी पत्तालाई सुपरफूड मानिन्छ ।औषधीय गुणहरुले भरिपूर्ण करी पत्ताले हाम्रो पाचन प्रणालीलाई सन्तुलनमा राख्दछ भने कोलेस्ट्रोलको लेभललाई पनि काम गर्न सहयोग पुर्याउँछ ।
यसले मुटुलाई स्वास्थ राख्नुका साथै छालाका समस्याहरुलाई पनि टाढा भगाउँछ ।
करी पत्ताका अन्य फाइदाहरु
एनीमियामा
एनीमियामा करी पत्ताको सेवन फाइदाजनक हुन्छ ।
करी पत्तामा आइरन तथा फोलिक एसिड पर्याप्त मात्रामा पाइन्छ ।
यसका साथै यसमा भिटामिन ए तथा सी पनि पाइन्छ ।
नियमित रुपले यसको सेवन गर्नाले एनीमियामा फाइदा पुग्छ ।
वजन घटाउनका लागि
करी पत्तालाई यदि खाली पेटमा खाइयो भने यसले शरीरबाट फ्याट घटाउन सहयोग पुर्याउँछ ।
यसले मेटाबोलिज्मलाई बढाएर वजन कम गर्न सहयोग पुर्याउँछ ।
खाली पेटमा नियमित रुपले करी पत्ता चबाउनाले शरीरबाट हानिकारक टक्सिन बाहिर निस्कन्छ र यसबाट क्यालोरी पनि बर्न हुन्छ ।
१०–२० वटा करी पत्तालाई पानीमा उमालेर त्यसमा मह तथा कागतीको रस मिसाएर पिउनु पर्छ ।
यसले तौल घटाउन सहयोग पुर्याउँछ ।
डण्डिफोरको समस्यामा
करी पत्ता एन्टि–अक्सिडेन्टबाट भरिपूर्ण हुन्छ ।
भेजिटेबल जूसमा ८–१० करी पत्ता मिसाएर पिउँदा अनुहारमा आएका डण्डिफोर तथा अन्य दागहरुबाट छुटकारा पाउन सकिन्छ ।
पेट फुल्ने समस्यामा
पेट फुल्ने समस्या छ भने यो समस्यामा पनि करी पत्ताको प्रयोगले फाइदा पुग्न सक्छ ।
एक गिलास मोहीमा आधा चम्चा करी पत्ताको पाउडर मिसाएर पिउनु पर्छ ।
यसले पेट फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
कोलेस्ट्रोल लेभल कम गर्न
करी पत्तामा एन्टि–इन्फ्लामेटी, एन्टि–ब्याक्टेरियल तथा एन्टि–डाइबिटिक गुण पाइन्छ ।
कोलेस्ट्रोल लेभल कम गर्नमा पनि करी पत्ता फाइदाजनक हुन्छ ।