- डा. अरुणा उप्रेती
काठमाडौं - नेपालमा घरभित्र बस्ने र रोजगारमा जाने महिलाहरुमा भिटामिन डि र क्याल्सियमको कमि देखिएको छ ।
धेरैजसो महिलाहरु रोजगारीमा जादाँ घर र अफिसको कामका कारण घाममा बस्ने समय मिलाउन सक्दैनन् जसका कारण घामबाट बञ्चित हुन पुग्छन् । भने केहि महिलाहरु सुन्दरता जोगाउनका लागी घाममा बस्न रुचाउदैनन् । घाममा बस्दा कालो भइन्छ भन्ने डरले समय मिल्ने महिलाहरु घाममा बस्दैनन् ।
यसरी घामबाट बञ्चित रहदाँ महिलाको शरीरलाई आवश्यक एक प्रमुख भिटामिन डि को कमि हुन्छ । यो एक प्रकारको हर्मोन हो । जुन शरीरले आफैँ उत्पादन गर्न सक्दैन । जब सुर्यको किरण हाम्रो नांगो छालामा पर्छ त्यसपछि शरीरमा भिटामिन डि उत्पन्न हुन्छ ।
आजभोलि महिलाहरु घाममा बाहिर निस्कदाँ विभिन्न किसिमका क्रिमहरु लगाएर निस्किने गर्छन् । जसका कारण सुर्यको किरण शरीरमा पुग्न सक्दैनन त्यसैले शरीरमा भिटामिन डि को कमि हुन्छ । भिटामिन डि को कमि भएपछि महिलाहरुको जिउ दुख्ने, करकर खुट्टा, ढाड जस्ता अंगहरु खाने लगायतका अनेक समस्याहरु उत्पन्न गराउँछ । शरीरमा भिटामिन डि को कमी हुदाँ हामिले विभिन्न माध्यमबाट खाने क्याल्सियम पनि शरीरले स्वस्न सक्दैन । भिटामिन डि र क्याल्सियमको राम्रोसँग सोसन नभएपछि यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
हरेक दिन १५ देखि २० मिनेट जति छालामा सिधैँ घाम पर्ने गरी बस्न जरुरी छ । यसरी घामको किरणमा बस्दा शरीरमा भिटामिन डि को राम्ररी परिचालन हुन्छ । र क्याल्सियम पनि राम्ररी परिचालन हुन्छ । साथै यसले सम्पुर्ण स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ ।
८० देखि ९० प्रतिशत भिटामिन डि सुर्यको किरणबाट प्राप्त गर्न सकिन्छ । त्यसबाहेक अण्डा, चिज, टुसा उमारेका खाद्यपदार्थमा पनि केहि मात्रामा भिटामिन डि पाइन्छ । क्याल्सियम दुध, दहि, मोहि, चिज, भटमास, ज्वानो, राजमा, आलस र तिलमा पाइन्छ ।
बालबालिकालाई तिल र आलस प्रत्येक दिन खुवाउँदा उनिहरुले प्रर्याप्त मात्रामा क्याल्सियम पाउँन सक्छन् । यसले स्वास्थ्यमा एकदमै फाइदा पुग्छ । साथै बालबालिकालाई घाममा खेल्न दिदाँ भिटामिन डि पनि पाउँन सक्छन् ।
किशोरीहरुको शरीरमा भिटामिन डि र क्याल्सियमको कमी भएमा उनिहरुको प्रजन्न स्वास्थ्य र महिनावारीमा पनि असर पर्छ ।
प्राकृतिक स्रोतहरुको प्रयोग गरेर हामी सहजै स्वस्थ्य रहन सक्छौं । प्राकृतिक स्रोतको बिशेषता अनुसार प्रयोग गर्न सके बालबालीका, किशोरी, युवती र महिलाको स्वास्थ्य राम्रो राख्नमा धेरै सहयोग पुर्याउँछ ।