एजेन्सी । विज्ञापनमा ‘हरेक दिनको सुरुवात चियासँग’ भनिएपनि अहिले धेरैले मनतातो पानीबाट दैनिकी सुरु गर्छन् । चिया भनेको दुध, चिनी लगायतका चियालाई बुझिन्छ, जो स्वास्थ्यका लागि घातक हुन्छ । जबकी ग्रीन टि वा अग्र्यानिक अर्थोडक्स चिया भने लाभदायक मानिन्छ ।
मनतातो पानी, ग्रीन टि वा कागती पानी पिइसकेपछि धेरैले दिनको आरम्भ गर्छन्। त्यसपछि पालो आउँछ नास्ताको । कतिपयले नास्ताको ठाउँमा भात खान्छन् । भात भनेको हाम्रो परम्परामा दाल, भात, तरकारी, अचार आदि हो ।
अब बिहानको खाना खाइसकेपछि कतिले मध्यन्ह खाजा खान्छन् । त्यसबीचमा चिया पिउँछन् । बिहानको खाना, मध्यन्हको नास्तापछि पालो आउँछ रातको खानाको । अक्सर हामीकहाँ रातको खाना सात, आठ वा नौ बजेको समयमा गरिन्छ । रातको खाना पनि बिहानकै जस्तै दाल, भात, तरकारी हुन्छ ।
खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ। तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।
शरिरका विकार फालिदिन्छ
तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।
भोक बढाउँछ
नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्नेरु खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।
टाउको दुख्नबाट बचाउँछ
मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।
कोलोन सफा गर्छ
पानी पिउदा कोलोन सफा गरिदिन्छ। एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।
मेटाबोलिजमलाई तीब्र पार्छ