डा अन्जनी कुमार झा (वरिष्ठ क्यान्सर रोग विशेषज्ञ )
अहिलेको अवस्थामा सूतीजन्य पदार्थबाट आएको कर अर्थ मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा सिलिङको रुपमा खर्च हुने गरेको पाइन्छ ।
क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने उपकरणहरु नेपालमा काठमाडौं केन्द्रित रहेका छन् । क्यान्सर उपचारका लागि नेपालमा नभएको सेवा पेटस्क्यान सेवा हो । वर्षेनी बजेट राख्दा पनि नेपालमा पेटस्क्यान आउन सकेको छैन ।
अझै क्यान्सर उपचारका लागि चाहिने पेटस्क्यान सेवाका लागि धेरै मानिसहरु विदेश जानुपर्ने बाध्यता रहेको छ । नेपालमा वर्षेनी बजेट राख्दा पनि पेटस्क्यान मेसिन किन आउन नसकेको छैन यो एउटा महत्वपूर्ण प्रश्न बनेको छ । विं सं २०३६ सालमा भक्तपुर क्यान्सरको उपचार सुरु भएको थियो । जहाँ मैलै लामो समय काम गरें । नेपालमा उपत्यका बाहिर चितनवको बीपी कोइराला क्यान्सर अस्पतालमा पहिलोपटक क्यान्सरको उपचार सुरु भएको थियो ।
नेपाल सरकारले सूतीजन्य पदार्थमा लगाएको कर पनि क्यान्सरको उपचारका लागि खर्च गरिरहेको छ ।अहिलेको अवस्थामा सूतीजन्य पदार्थबाट आएको कर अर्थ मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा सिलिङको रुपमा खर्च हुने गरेको पाइन्छ । यदि त्यसरी लगाइएको कर क्यान्सरको उपचारमा स्वास्थ्य मन्त्रालयले सिधै खर्च गर्न पाउने नीति बनाइएको अवस्थामा क्यान्सर उपचारको क्षेत्रमा नेपालले ठूलै प्रगती हांसिल गर्न सक्नेछ ।
यदि सूर्तीजन्य पदार्थमा लगाइएको कर स्वरुप उठेको रकम स्वास्थ्य मन्त्रालय अन्तर्गतको कर कोषको कार्यालयबाट खर्च गर्न पाएको अवस्थामा क्यान्सर रोगीहरुको उपचारको केही हदसम्म काम गर्न सकिन्थ्र्यो । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा कार्यरत्त जनशक्तिलाई नेपालमा नै टिकाउन नसक्नुले क्यान्सर उपचारमा समस्या सृजना गरिदिएको छ । स्वास्थ्य क्षेत्रमा गरिने लगानी सबैभन्दा बढी जनशक्तिमा बढाउनुपर्ने हुन्छ ।
नेपालमा न्याम्स बाहेकका अन्य स्वास्थ्य संस्थाहरुले पनि जनशक्ति उत्पादनका लागि अनुमती पाएकोमा अवस्थामा क्यान्सर उपचारको क्षेत्रमा जनशक्ति बढाउन सकिन्छ ।उपचारका लागि जनशक्ति उत्पादन भएपश्चात् ती जनशक्ति नेपालमा टिक्न सक्ने व्यवस्था हुनु आवश्यक छ ।
सरकारले चिकित्सकहरुको अवकाश अवधि बढाएर ७० वर्ष पु¥याउनु आवश्यक छ । यसो गर्न सकेको अवस्थामा क्यान्सर रोगको क्षेत्रमा कार्यरत्त चिकित्सकहरु यसै क्षेत्रमा काम गर्न बाध्य हुन्छन् । क्यान्सर रोगको क्षेत्रमा कुरा गर्नुपर्दा पहिलो पक्ष मानिसको जीवनशैली नै हो । जीवनशैलीलाई बदल्न सकेको अवस्थामा क्यान्सर रोग लाग्दै लाग्दैंन ।
पाठेघरको मुखको क्यान्सर लाग्न नदिनका लागि सरकारले खोपको व्यवस्थापनको लागि बजेट छ्ट्याउनुपर्ने हुन्छ । निजी अस्पतालले क्यान्सर उपचारको सेवा दिएर त्यसैलाई टिकाउन धेरै नै कठिन हुन्छ । सरकारी तवरबाट नीति बनाएर अगाडि बढेको अवस्थामा छोटो समयमा नै क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हांसिल गर्न सकिन्छ ।