काठमाडौं।नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ।
नरिवलको तेलमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न र क्षतिग्रस्त छालालाई मर्मत गर्न पनि मद्दत गर्दछ।
नरिवलको तेललाई एक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइदै आएको छ।
१. तपाईंको छालाको लागि
यदि तपाईं आफ्नो छालालाई माया गर्नुहुन्छ भने नरिवलको तेल नियमित रुपमा लगाउनुहोस् । यसले तपाईंको छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ र प्रदुषणबाट बचाउँछ । परिवर्तित मौसममा छालाको रक्षा गर्ने गर्दछ । यो एक प्राकृतिक मोइस्चुराइजर हो । नरिवल तेलले छालालाई डिअक्सिफाई गर्दछ त्यसकारण नुहाइसकेपछि नियमितरुपमा आफ्नो छालामा नरिवलको तेल लगाउनुहोस् ।
२. मेकअप रिमुभरको रुपमा प्रयोग गर्न सकिने
नरिवलको तेललाई सबैभन्दा राम्रो क्लिनरको रुपमा मानिन्छ । मेकअप हटाउनको लागि कपासमा नरिवलको तेल हाल्नुहोस् र यसको सहयोगले मेकअप हटाउनुहोस् । यसले मेकअप त हटाउँछ नै यसले छालाको भित्र रहेको ब्याक्टेरिया पनि हटाउने गर्दछ । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ ।
३. प्रजनन क्षमता बढ्छ
लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ । किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ।
४.उर्जा बढाउँछ
नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ । यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ।
५. पेटका मांसपेशी र मासिक धर्ममा आराम
नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ ।
६.आँखाका लागि लाभकारी
नरियलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ।