प्रोस्टेट ग्ल्याड पुरुषहरुमा हुने एक प्रकारको ग्रन्थी हो । प्राय पुरुषहरु ४० वर्ष कटेपछि प्रोस्टेट ग्रन्थी बढ्दै जान्छ । प्रोस्टेट ग्रन्थी बढ्दै जाँदा आउने आउने विभिन्न समस्याहरुमध्ये प्रोस्टेट क्यान्सर एक हो ।
प्रोस्टेट ग्रन्थी बढ्दा देखिने विभिन्न लक्षणहरु जस्तै लक्षणहरु प्रोस्टेट क्यान्सरमा देखिने गर्छ । प्रोस्टेट ग्रन्थी बढ्दा पिसाब राम्रोसँग नहुने,हतार हतारमा पिसाब आउने,पिसाब फेर्न ग्राहो हुने,रातीको समयमा पनि पटक पटक पिसाब हुने,पिसाबाट रगत आउने जस्ता विभिन्न खालका समस्या आउने गर्छन् । त्यसकारण प्रोस्टेट ग्रन्थी बढ्नु र प्रोस्टेट क्यान्सरको लक्षणमा समानता पाउन सकिन्छ ।
प्रोस्टेट क्यान्सरको लक्षण
पिसाबमा रगत।
रातमा धेरै पटक पिसाब आउनु ।
पिसाब रोक्नमा समस्या हुनु ।
बारम्बार पिसाब आउनु ।
पिसाब फेर्दाे बल गर्नुपर्ने ।
प्रोस्टेट क्यान्सरको उपचार
समयमा नै पत्ता लगाउन सकेको अवस्थामा प्रोस्टेट क्यान्सरको उपचार सम्भव छ । प्रोस्टेट ग्रन्थीमा नै रोग भएको अवस्था तथा बाहिर गइसकेको अवस्थामा यसको उपचार प्रक्रिया फरक फरक छ । उक्त ग्रन्थीमा नै समस्या हुँदा बिरामीको उमेर ७० वर्ष भन्दा कम रहेको छ भने उक्त ग्रन्थी नै निकालेर बिरामीको उपचार गरिन्छ । बिरामीको उमेर ७० वर्ष भन्दा माथि भएको अवस्था उक्त ग्रन्थी निकाल्नुपर्दैन।
क्यान्सर प्रोस्टेट ग्रन्थीबाट बाहिर शरीरको अन्य भागमा फैलिसकेको छ भने हर्माेनल थेरापीको आधारमा बिरामीको उपचार गर्ने गरिन्छ । यस प्रकारको उपचारका क्रममा केटा मान्छेमा हुने गरेको टेस्टोरेल हर्माेनलाई बन्द गर्ने काम गरिन्छ । यदि बिरामीको उमेर ढल्किसकेको छैन भने रेडियन दिएर बिरामीको उपचार गरिन्छ ।
विश्वमा तथा नेपालमा प्रोस्टेट क्यान्सरको अवस्था
विश्व आँकडाअनुसार पुरुषमा फोक्सोको क्यान्सरपछि प्रोस्टेट क्यान्सरको स्थान छ । यो प्रायः ५० वर्ष नाघेका पुरुषमा पहिचान हुन्छ ।
८० वर्ष नाघेर मृत्युवरण गरेका पुरुषहरूको शव परीक्षणले ५० प्रतिशतमा यो रोग लक्षणहीन भई लुकेर बसेको अवस्थामा रहेको देखाएको छ । व्यापक रूपमा देखापर्ने रोग प्रोस्टेट क्यान्सर के कारणले हुन्छ अझै पनि वैज्ञानिकहरूका निम्ति अस्पष्ट छ ।
अमेरिकामा प्रोस्टेट क्यान्सर लाग्नेहरुको संख्या उच्च छ । नेपाल लगायत एसियाका मुलुकहरुको तथ्यांकलाई हेर्ने हो भने यो एकदमै कम रहेको छ । विकसित मुलुकहरुमा सुरुवातको चरणमा नै यसको पहिचान हुने भएकोले निको हुने दर पनि राम्रो छ ।
तर नेपालमा भने रोगप्रति गरिने वेवास्ताका कारण शरीरका अन्य अंगहरुमा पनि यो फैलिने गरेको पाइन्छ । सुरुवाती समयमा उपचार गर्न सकेको अवस्थामा यसको निको हुने दर उच्च छ । नेपालमा ६० देखी ७० प्रतिशतसम्म फैलिएको अवस्थामा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । अफ्रिकन तथा क्यारेवियन पुरुषहरूमा प्रोस्टेट क्यान्सरको सम्भावना सेता पुरुषका तुलनामा उच्च हुने गर्छ ।
क्यान्सरको चरणअनुसार बिरामीले यस रोग उपचारका लागि खर्च गर्नुपर्ने हुन्छ ।नेपालमा प्रोस्टेट क्यान्सरको उपचार गर्ने चिकित्सकहरुको संख्या न्यून भएको हुनाले यसको उपचार केही महँगो छ । लामो समयसम्म उपचार प्रक्रिया चलिरहने भएकोले यो महँगो उपचारमा पर्छ ।