काठमाडौं - पानी कम पिउने, चर्को घाममा दैनिक काम गर्ने, माछा मासु र जंकफुडमा बढी लगाव र व्यस्त जीवनशैलीका कारण मिर्गौलामा पत्थरी हुने समस्या देखिन सक्छ ।
पत्थरी बनावटका हिसाबले धेरै प्रकारका हुन्छन् । प्राय व्यक्तिमा क्याल्सियम अक्जालेट देखिने गर्छ । साथै युरिक एसिड र सिस्टिनका पत्थरी हुने गर्छ। मिर्गौलामा पत्थरी बन्ने धेरै प्रक्रिया छन् । घोलक (पिसाब) र घुलित वस्तु (क्याल्सियम,युरिक एसिड, अक्जालेट) बीच तालमेल नमिल्नु यसको मुख्य प्रक्रिया हो ।
घोलक कम भएमा वा घुलित वस्तु धेरै भएमा पत्थरी बन्ने गर्छ। लामो समय पिसाबको सक्रमण, केही वंशानुगत रोग तथा केही किसिमका औषधिको सेवनबाट पनि पत्थरीको जोखिम बढ्न जान्छ।
मिर्गौलामा पत्थरी भएमा देखिने लक्षणहरु
कोखा चस्किराख्ने
मूत्रमार्गमा पत्थरी अड्किएर समय समयमा कम्मर वरिपरिको भागमा खप्नै नसकिने दुखाइ हुने
पिसाबमा रगत देखिने या पत्थरी देखिने
ज्वरो आउने, वाकवाकी लाग्ने र उल्टी हुने
पिसाब पोल्ने, पिसाब छिटो छिटो लाग्ने र साबिक भन्दा थोरै पिसाब हुने
जटिलताहरु
मिर्गौला सुन्निदै जाने र कालान्तरमा फेल हुनसक्ने
पिसाबको संक्रमण फैलिएर मिर्गौला हुँदै रगतमा पुग्न सक्ने
मूत्रमार्गमा फिस्टुला बन्न सक्ने
मिर्गौलामा खत देखिने र मूत्रमार्ग साघुँरिने