एजेन्सी । बढि शारीरिक अभ्यास र बडि बिल्डिङ गर्ने मानिसहरुलाई मात्र प्रोटीन चाहिन्छ भन्ने धेरै मानिसहरूमा विश्वास छ ।
तर, सत्य त्यो होइन, स्वस्थ जीवन जिउन चाहने सबैलाई प्रोटिन उत्तिकै चाहिन्छ । प्रोटिनको कुरा आउन साथ हाम्रो दिमागमा सबैभन्दा पहिले नन–भेज खानाहरु आउँछन् । तर नन–भेज खानामा मात्रै प्रोटिन पाइन्छ भन्नु गलत भएको एक अध्ययनले देखाएको छ ।
बजारमा प्रोटिनको मात्रा बढी हुने, सस्तो र शाकाहारी खाना सजिलै पाइन्छ । प्रोटिनको मात्रा पुरा गर्नका लागि शाकाहारीले यी खानेकुराको प्रयोग गर्न सक्छन् ।
१. सोयाबिन
सोयाबिनलाई प्रोटिनको उत्तम स्रोत मानिन्छ । सोयाबिन सस्तो र बजारमा सजिलै पाइन्छ । सोयाबिनको बारेमा सबैभन्दा राम्रो कुरा त यो छ कि यो कम खाए पनि ठूलो मात्रामा प्रोटीन प्रदान गर्दछ । १०० ग्राम सोयाबिनमा ५२ ग्राम प्रोटिन पाईन्छ ।
२. फर्सिको बीउ
फर्सिको बीउलाई एक उच्च प्रोटीन स्रोतको रुपमा खान सकिन्छ । फर्सिको बिउबाट निस्कने प्रोटिन मानव स्वास्थ्यको लागि निकै राम्रो र ओमेगा ६ फ्याटी एसिडले भरिएको हुन्छ । फर्सिको बिउमा फाइबर र एन्टि अक्सिडेन्ट पनि प्रशस्त मात्रामा हुन्छ । १०० ग्राम फर्सिको बिउमा ३२ ग्राम प्रोटिन पाइन्छ ।
३. ओट्स
ओट्स नेपालमा खाइने एक प्रमुख भोजन हो । जुन नेपालमा जताततै बिहान खाजाको रूपमा खाइन्छ । नेपाली बजारमा हाल ओट्सका धेरै ब्रान्डहरू उपलब्ध छन् । ओट्समा भिटामिन र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । १०० ग्राम ओट्समा १८ ग्राम प्रोटिन पाइन्छ ।
४. कालो चना
कालो चना प्रोटिनको राम्रो स्रोत हो । कालो चनामा कार्बोहाइड्रेट, आइरन, फाइबरका साथै उच्च प्रोटिन पाइन्छ । हामी नेपालमा चनाका धेरै प्रकारहरू किन्न सक्छौं । विशेष गरी कालो चना र काबुली चना आफ्नो गुण र सस्तो मूल्यका लागि नेपालमा निकै परिचित छ । १०० ग्राम कालो चनामा १९ ग्राम प्रोटिन पाईन्छ ।
५. बदाम
बदाममा प्रोटिन, फ्याट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । बदाम शाकाहारी र सहजै प्रोटिन प्राप्त गर्न खोज्नेहरुका लागि एक उत्तम स्रोत हो । बदाममा भिटामिन–ई र म्याग्नेसियम, फोलेट र कपर जस्ता विभिन्न खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । यी चिजहरु मानव शरीरका लागि निकै फाइदाजनक तत्वहरु हुन । १०० ग्राम बदाममा २५ ग्राम प्रोटिन पाइन्छ ।