काठमाडौं । चर्को गर्मी बिच हल्का वर्षासँगै चिसो हावाले मन हर्षित बनाउँछ । तर अर्को क्षणमा यति चर्को घाम लाग्छ कि आकाशबाट आगो बर्सीए जस्तो हुन्छ ।
यो बदलिँदो मौसममा सबैभन्दा बढी चिसो-गर्मी, एलर्जी र संक्रमणको सिकार हुन सकिन्छ । यसका साथै शरीरमा धेरै किसिमका समस्या सृजना हुन सक्छ । मौसमी रोग अचानक मौसम परिवर्तन हुँदा हाम्रो शरीर त्यस्तो परिवर्तनको लागि तयार हुँदैन र कमजोर प्रतिरोधात्मक क्षमताका कारण हामि धेरै स्वास्थ्य सम्बन्धी समस्याको सिकार हुन्छौं ।
जस्तो : रुघा – खोकि लाग्नु , घाँटी दुख्नु , चिसोका कारण ज्वरो आउनु , एलर्जी , राइनाइटिसको समस्या , आँखाको एलर्जी , मांसपेशीमा कठोरता तथा पीडा आदि । बदलिँदो मौसममा स्वास्थ्यको ख्याल कसरी राख्ने रु
१ . सामान्य पानी पिउनुहोस् मौसम परिवर्तन भैरहेका बेला धेरै चिसो पानी पिउनु उचित होइन । यती बेला सामान्य तापक्रम भएको पानी पिउने प्रयास गर्नुपर्छ । यसबाट घाँटी दुख्ने जस्ता समस्याबाट जोगिन सकिन्छ । यसका साथै यसले चिसो र तातोबाट पनि जोगाउन सक्छ ।
२ . बेसार मिसाएको दूध मौसम बदलिँदो छ तर यो गर्मी मौसम नै हो अर्थात् यदि यतिबेला हामिले ताता चीजहरू उपभोग गर्यौ भने यो हाम्रो शरीरका लागि हानिकारक हुन सक्छ । यस्तो समयमा हामिले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ र चिसोबाट जोगिनुपर्छ । यसका लागि हरेक रात सुत्ने बेलामा बेसारको दूध पिउनसकिन्छ ।
३. चियामा २ वटा ल्वाङ चियामा २ वटा ल्वाङ मिसाएर सेवन गर्नाले बदलिँदो मौसममा धेरै रोगबाट जोगिन सकिन्छ । जस्तै दमको आक्रमण, कुनै पनि प्रकारको एलर्जी र एलर्जी राइनाइटिस, जसमा लगातार हाछ्युँ लाग्छ । वास्तवमा, बेसार एन्टिइन्फ्लेमेटरी र एन्टिब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ। यस बाहेक यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट पनि हुन्छन् जसले यी मौसमी रोगहरूबाट बचाउन सक्छ ।