बच्चामा बोलीको विकास मानिसको मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो। सामान्यतया बच्चा जन्मेको ६ -८ महिनादेखी नै सामान्य बोलीचाली सुरु गर्छन् । यो उमेरमा बच्चा ‘आ, उ’जस्ता आवाज निकाल्न थाल्छ। एक वर्षदेखि केही शब्द जस्तौ मामा, पापाबाहेक २/४ अरु शब्द पनि बोल्ने गर्छन र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ। गाउँघरमा यसलाई सामान्य रुपमा लिने तथा उपचारका लागि अग्रसरता नदेखाउने प्रचलन रहेको छ ।
ढिलो बोल्ने बच्चाहरुको समस्या समयै पहिचान गर्न सक्यौं भने उपचार प्रभावकारी हुन्छ। बच्चा समयमा नबोल्ने विभिन्न कारणले हुन्छ ।हामीले त्यो पत्ता लगाउनु पर्दछ ।यस्तो अवस्थामा बच्चाको उपचार पाँच वर्षभन्दा अगाडि नै गर्नुपर्ने हुन्छ ।
बोलीको विकास ढिलो भए के गर्ने
१ पहिला सुनाइको टेस्ट गर्ने
२ बोल्ने अभ्यास गराउने
३ एउटा एउटा सब्ध बोल्न लगाउने
४ बच्चा संग धेरै कुरा कानी गर्ने
५ बच्चा लाई मोबाइल, ल्यापटप, कम्प्युट र टिभी धेरै प्रयोग गर्न नदिने
६ बच्चालाई धेरै भन्दा धेरै समय दिने
यदि बच्चामा कुनै पनि समस्या नभइकन नै ढिलो बोलेको भए त्यसले कुनै असर नगर्ला तर बच्चामा समस्या भएको कारण ढिलो बोलेको भए त्यसले समस्या ल्याउन सक्छ । बच्चाको बोली विकासको विषयमा शंका भएमा पाँच वर्षभन्दा अगाडि नै सम्बन्धित चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।