दिनदिनै गर्मी बढ्दै जाँदा त्यसले छालामा विभिन्न प्रकारका समस्याहरुले सताउन सक्छ । गर्मीका कारण हुने सनवर्न तथा विभिन्न प्रकारका एलर्जीबाट बँच्न विभिन्न प्रकारका सतर्कता अपनाउन आवश्यक हुन्छ । यस्ता विभिन्न प्रकारका समस्याहरुबाट समर स्किन केयरलाई तालिका बनाएर छालाको हेरचाह गर्नुपर्ने हुन्छ ।
सबैले आफ्नो छालाको हेरचाह आफ्नै तरिकाबाट गरिरहेका हुन्छन् । कतिपयले घरमै तथा कतिले ब्युटिसियनको सहयोगले छालाको विशेष स्याहार गरिरहनु नै भएको हुन्छ ।
कतिपयले घरेलु उपायहरुबाट पनि आफ्नो छालालाई सफा र स्वच्छ बनाइराख्नु भएकै हुन्छ । समय, पैसा तथा फुर्सदको अभावका कारण कतिपयले घरमा नै छालाको स्याहार गरिराख्नु भएको हुन्छ । घरमै उपलब्ध भएका कतिपय सामग्रीहरुलाई आफ्नो समय अनूकुल प्रयोग गरेर छालाको स्याहार गर्नु आवश्यक मानिन्छ ।
घरमा नै छालाको स्याहार कसरी गर्ने ?
टोनरको प्रयोग छालाको स्याहारका लागि गरिने विभिन्न प्रकारका क्रियाकलापमाहरुमा टोनरको प्रयोग अनिवार्य मानिन्छ । अनिवार्य रुपमा टोनरको प्रयोग गरेका मेकअप टिकाउन तथा छाला टाइट बनाउनका लागि सहयोगी हुन्छ । यसले छालालाई हाइड्रेट गर्नुको सट्टा डिएच लेभलको मात्रालाई कायम राख्नका लागि सहयोग गर्छ । त्यसकारण अनुहारको छालामा टोनर लगाउन आवश्यक छ ।
भिटामिन सी सिरम
भिटामिन सी सिरमको प्रयोगले छालालाई स्वच्छ र सफा राख्नका लागि सहयोग गर्छ । यसले छालालाई चम्किलो बनाइराख्छ । टोनरको प्रयोग गरेको ५ मिनेपछि बिहान बेलुका भिटामिन सी सिरमको प्रयोग गर्नुपर्ने हुन्छ ।
मोस्टराइजर
गर्मीको समयमा मोस्टराइजरको प्रयोग छालाका लागि एकदमै फाइदाजनक मानिन्छ । यस समयमा धेरै नुहाउने हुनाले अनुहारको छाला एकदमै फ्रुसो तथा सुख्खा हुने गर्छ । भिटामिन सी सिरम लगाएको १० मिनेटभित्र मोस्टराइजरको प्रयोग गरेमा छाला सुख्खा हुने समस्याबाट बँच्न सकिन्छ । यसले अनुहारलाई चाउरी हुनबाट रोक्न सक्छ ।
सन् स्क्रिनको प्रयोग
छालाको स्याहारको लागि छुटाउने नहुने कुरा दैनिक सन् स्क्रिन क्रिमको प्रयोग हो । सनस्क्रिन प्रयोग गर्दो एसपीएफ ३० भन्दा माथिको प्रयोग गर्नुपर्ने हुन्छ । यो जुनसुकै उमेर समूहका मानिसहरुले प्रयोग गर्न सक्छन् । जुनसुकै ब्रान्ड या कम्पनीको भएपनि पटक पटक सन् स्क्रिनको प्रयोग अनुहारको छालाको लागि राम्रो मानिन्छ ।
यसको साथै हात गोडामा एसपीएफ भएको मोस्टराईजर या लोसन लगाउने,सकेसम्म बाहिर हिँड्दा छाताको प्रयोग गर्नु छालाका लागि राम्रो मानिन्छ ।
सन् ग्लासको प्रयोगले आँखालाई धुँलो, धुँवाबाट जोगाउँछ । सम्भव हुँदासम्म आई क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । ओठको हेरचाहका लागि एसपीएफ भएको लिप ब्ल्याप वा लिप ग्रल्स लगाएर मात्रै लिपिस्टिक लगाउनु राम्रो मानिन्छ ।
कस्तो समस्या देखिन्छन् ?
गर्मीको समयमा छालामा पनि प्रकारका समस्याहरु देखा पर्न सक्छन् । घाममा भएको विकिरणका कारण छाला डढ्ने,कालो हुने, चायाँ,पोतो आउने , डन्डीफोर आउने जस्ता विभिन्न प्रकारका समस्याहरु देखा पर्न सक्छन् यसलाई कम गर्नका लागि सन्स्क्रिनको प्रयोग अनिवार्य मानिन्छ । यदि बाहिर निस्कनु छ भने २० देखी २५ मिनेट अगाडि सन् स्क्रिनको प्रयोग गर्नुपर्ने हुन्छ । घरभित्रै बस्दा पनि पटक पटक सन् स्क्रिनको प्रयोग गर्नुपर्ने हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
छालाको स्याहार तथा चम्किलो बनाउनका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ । जसले छालालाई स्वस्थ्य बनाउनका लागि अनावश्यक विकार पदार्थहरुलाई बाहिर निकाल्न सहयोग गर्छ ।प्रशस्त निन्द्रा तथा फलफुल तथा सलादको प्रयोग पनि छालाको प्रयोगका लागि अत्यावश्यक मानिन्छ ।
सरसफाई
अनुहारको सफाईका क्रममा आँखा ओठ तथा हात गोडाको सफाई पनि अत्यावश्यक छ । घरबाट बाहिर निस्कँदा अनिवार्यरुपमा सन् ग्लासको प्रयोग गर्नुपर्ने हुन्छ । सन् ग्लासको प्रयोगले विकिकरणहरु अनुहारमा आउनबाट रोक्न सक्छ ।
आफ्नो छालाले समेत धन्यवाद भन्नेगरी छालाको ख्याल राख्नुहोला ।