काठमाडौं । महिनावारी किशोरी तथा महिलामा हुने प्राकृतिक प्रक्रिया हो । महिनावारी गलत तरिकाबाट व्याख्या गर्ने चलन अझै पनि हाम्रो समाजमा कायमै छ । महिनावारी स्वच्छ ढंगले र सम्मानपूर्वक व्यवस्थापन गर्न सक्ने वातावरण बनाउने उद्देश्यसहित हरेक वर्ष मे २८ का दिन विश्व महिनावारी स्वास्थ्य दिवस मनाइने गरिन्छ ।
सुरक्षित नेपालको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा भएको महिनावारी स्वास्थ्य दिवसको विशेष कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख एवं उपसचिव रोशनी देवी कार्कीले महिनावारी प्राकृतिक अवस्था भए पनि यसलाई अशुद्ध, फोहोर रगत स्थापित गर्ने समय भन्दै समाजमा निषेध र विभेदका घटना हुने गर्दछन् । यही कारणा कयौं महिलाको स्वास्थ्य, शिक्षा र रोजगारमा असर परेको हुन्छ । समाजमा रहेको गलत धारणा हटाउन सचेतनामूलक कार्यक्रम गरेर नेपालमा केही वर्ष यता देखि यो दिवस मनाउने प्रचलन रहेको छ ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघले लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने चलन बाधक भएको घोषणा गरेको थियो । सामाजिक कुप्रचार हटाउन सन्देशमूलक सामग्रीको प्रचार गर्ने काम त हुँदै आएको छ तर गलत धारणा हट्न सकेको छैन ।
महिनावारी वा रजस्वला किशोरी तथा महिलाको शरीरमा प्रजनन् स्वास्थ्यसँग सम्वन्धित प्राकृतिक प्रकृया हो भनेर शिक्षा दिने गरिन्छ । तर पनि नेपाली समाजमा अधिकांश महिला अझै पनि महिनावारीबारे पुरुषसँग खुलेर बोल्न चाहँदैनन् । महिनावारी स्वच्छताले महिलाको यौन तथा प्रजनन् स्वास्थ्यको पनि ख्याल राख्छ। यसलाई अपवित्र वा अछुतरुपमा लिने मानसिकताले स्वच्छतासम्बन्धी सुविधाहरूको उपलव्धिमा असहज हुने गरेको छ । त्यसकारण पनि महिनावारीबारे खुलेर चर्चा गरी जनचेतना फैलाउनु आवश्यक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखा प्रमुख बरिष्ठ परामर्शदाता प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. गौरी प्रधान श्रेष्ठले महिनावारी केहो, यो कसरी हुन्छ लक्षणहरू के देखिन्छन यस बारे प्रकाश पार्नुभएको थियो। महिनावारी हरेक २८ दिनमा हुन्छ। यो प्रायः १४ वर्ष देखि शुरू हुने गर्दछ।
महिनावारी हुँदा महिला तथा किशोरीहरुले अपनाउनु पर्ने व्यक्तिगत स्वास्थ्य हेरचाह तथा स्यानिटरी प्याडको महत्व बारेमा डा। गौरी प्रधान श्रेष्ठले प्रसुतीकरण गरेकी हुन्। डा. श्रेष्ठले मर्यादित महिनावारी व्यवस्थापनमा हाम्रा प्रयासहरू बारे बताउदै समानताका लागि हाम्रो दायित्वमा समाजमा रहेका कुरिती संस्कृति परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिइन। लैंगिक हिंसा भनेको शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरिने व्यवहारलाई बुझिन्छ।
सुरक्षित नेपालका अध्यक्ष पुनम श्रेष्ठले अझै पनि सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा छाउपडी प्रथा रहेकोले यसलाई निर्मुल पार्न सबैको सहकार्य आवश्यक रहेको बताईन्।