काठमाडौं - मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्कघात भनिन्छ। मस्तिष्कघात रगतको नलि फुटेर वा मस्तिष्कमा जाने रगतको नलिमा सबैभन्दा बढि कोलेस्टोल जम्छ । त्यहि समयमा रक्तचाप बढेर कोलेस्टोलको टुक्रा फुत्केर गएमा रगतको नलि ब्लक वा अवरोध भएर हुने गर्दछ ।
रगतको नलि फुटेर वा मस्तिष्कघात भएमा रगतको नलि बन्द नभएसम्म रगत बगिरहन्छ त्यसैले मृत्यु हुने सम्भावना धेरै हुन्छ । भने घाटिको नलिमा जमेको कोलेस्टोलको टुक्रा रक्तचाप बढेर फुत्केर गएमा रगतको नलि ब्लक वा अवरोध भएमा मृत्यु हुने सम्भावना कम हुन्छ । तर पक्षघात गराउँन सक्छ ।
पक्षघात अर्थात शरीरको दायाँ वा बायाँ भाग नचल्न सक्छ । दाइने मस्तिष्कले देब्रे भाग नियन्त्रण गरिरहेको हुन्छ भने देब्रे मस्तिष्कले दाइने भागलाई नियन्त्रण गरिरहेको हुन्छ । त्यसैले मस्तिष्कघात दायाँ मस्तिष्कमा भएमा बायाँ भाग चल्दैन भने मस्तिष्कघात बायाँ मस्तिष्कमा भएमा बायाँ भाग चल्दैन । मस्तिष्कघात अगाडि भए मेमोरी लस्ट र बोलि बन्द हुन सक्छ ।
मस्तिष्कघातबाट पुनःप्राप्ति हुदै जादाँ बोलि वा स्मरणशक्ति फर्कन सक्छ । साथै पक्षघात पनि कम हुन सक्छ ।
केहि मस्तिष्कघात एकछिनको लागी हुन्छ । कोहि व्यक्तिहरुको एक भाग केहि समय नचलेर केहि समयपछि चल्न सक्छ । तर कसैको जिवभर नचल्न पनि सक्छ ।
मस्तिष्कघात हुनबाट बच्ने उपाय
मस्तिष्कघात हुनुको प्रमुख कारण अस्वस्थ्यकर खानपान र बिलासी जिवनशैली हो । यो रोग लागेपछि समाजमा रहेका विभिन्न भ्रमका कारणले बिरामीहरु समयमा उपचारका लागी अस्पताल पुग्दैनन् । समस्याले चापेपछि मात्र अस्पताल आउने भएकाले उपचार गर्न कठिन हुन्छ । जसका कारण धेरै बिरामीहरुको मृत्यु हुने गर्दछ । यसबाट बच्ने उपायहरु यसप्रकार छन् ।
नियमित शारीरिक व्यायम दिनमा ३५ देखि ४५ मिनेट गर्नुपर्छ ।
धेरै चिल्लो भएका खानेकुरा खानुहुदैँन ।
धुम्रपान मद्यपान गर्नुहुदैँन ।
नियमित स्वास्थ्य परिक्षण गराउँनुपर्छ ।
मधुमेह तथा उच्च रक्तचाप नियन्त्रण गर्न सके मस्तिष्कघातको जोखिम कम हुन्छ ।
( प्रा. डा प्रेम राज बैद्यसँगको कुरकानिमा आधारित)