एजेन्सी । पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरूबाट बचाउँछ।
पुदिनाको अचारका फाइदाहरूः
यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ।
पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ । पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ । पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ । ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।
दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ । पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ ।
यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ । यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।
यसको चटनी (अचार)बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।