काठमाडौं । जैविक रुपले आमाबुवा बन्नु र दायित्वको आधारमा आमाबुवा बन्नु फरक हो । यसका लागी हरेक दम्पतीले पूर्व योजना तथा जिम्मेवारीका बारेमा अगाडी नै सोच्न आवश्यक हुन्छ ।
तर नेपाली समाजमा अझै पनि योजना नै नबनाई गर्भवती हुने र त्यसपछि मात्र तयारी थाल्ने चलन छ । तर यसले विभिन्न समस्या निम्त्याउन सक्छ । तसर्थ आमाबुवा बन्नु अघि निम्न प्रकारका योजनामा दम्पतीले ध्यान दिनु पर्दछ।
– सन्तानको योजना बनाउनुअघि दम्पतीहरुले दुवैको ‘हेल्थ हिस्ट्री’ जान्न जरुरी हुन्छ। यसबाट आमाबुवामा कुनै रोग भए-नभएको बारे अगाडि नै थाहा पाउन सकिन्छ।
– गर्भवती हुनुअघि महिलाले रक्तचाप, मृर्गौला वा मुटुको अनिवार्य परीक्षण गर्नुपर्छ।
– मोटोपन भएका महिलाले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ ।
– थाइराइड, डाइबिटिज भएका महिलाले पनि बच्चा जन्माउन सक्छन् । तर पहिले यसको उपचार गर्न आवश्यक हुन्छ।
– परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भएका कोहि ब्यक्ति छन् चिकित्सकको सल्लाह लिएर मात्र सन्तानको योजना बनाउनु पर्छ।
– गर्भवती हुन चाहने महिलाले अनिवार्य रगतमा हेमोग्लोविनको परीक्षण गर्नपर्छ।
– गर्भवती हुने महिलाले मदिरा पिउने, धूमपान गर्ने बानिलाई त्याग्नुपर्छ । यस्ता कुलत त्यागेर मात्र ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ।
– गर्भावस्थामा महिलाले खाल्डाखुल्डीयुक्त सडकमा यात्रा गर्नु हुदैन । कामकाजी महिलाले चारपाङग्रे सवारी साधनमा यात्रा गर्नुपर्छ । तर, लामो दूरी यात्रा गर्नुहुदैन।