- डा हेमराज कोइराला
काठमाडौं - जीवनको कुनै न कुनै समयमा हरेक महिलाले महिनावारीसंग जोडीएको समस्याहरुको सामना गरेका हुन्छन् । पछिल्लो समयमा यस समस्याले आम समस्याको रुप धारण गर्दा जनस्वास्थ्यलाई ठूलो प्रभाव पारेको छ ।
महिनावारी हुनुपर्ने समय भन्दा अघि नै भइदिने वा समय भन्दा पछाडी हुने, महिनाबारी सुरु हुन पुर्व नै पेट दुख्ने, बेचैनी बढ्ने, मूड गडवडढ हुने, तनाव चिन्ता भए, उदाशिनताको लक्षणहरु देखिने, कम्मर दुख्ने, महिनावारीमा धेरै रगत बग्ने वा कम बग्ने, महिनावारि कष्टप्रद हुने जस्ता समस्या आम समस्या हुन । जीवनकालमा कुनै समय यस्ता समस्या आए खासै आतिनु पर्दैन तर यी समस्याहरु लामा समयसम्म रहिरहे अनेकौ स्वास्थ्य सम्बन्धी समस्याहरु निम्तिन सक्दछ । महिनावारी सम्बन्धि समस्यालाई हामीले कहिलेपनि नजरअन्दाज गर्नुहुदैन र यस समस्याको उपचार गर्दा सकभर प्राकृतिक उपचार विधिलाई अपनाउनु पर्दछ ।
ज्वानोको प्रयोगः–
महिनावारी सम्बन्धि भएकाहरुले एक चम्चा ज्वानोलाई ३ घण्टासम्म १ गीलास पानीमा भीजाएर साझ, विहान दिनको २ चोटी पानी पिउनु पर्दछ । ज्वानोमा एण्टीअक्सिडेण्ट द्रब्यहरुले पाठेघर र कटी क्षेत्रको रक्त सञ्चार बढाइदिने हुँदा महिनावारी सुचारु हुन मद्दत गर्दछ ।
मेवाको प्रयोगः–
महिनाबारी गडवढ भएका महिलाहरुले काचो मेवाको जुस खानु सवैभन्दा उत्तम हो । मेवाको चोपमा र दुधमा प्यापीन नामक तत्वले एस्ट्रोजन हाम्रोनको स्तर बढाई दिन्छ र महिनावारी ठिक गर्न मद्दत गर्दछ । पाकेको मेवाको फल एवं रसको दैनीक सेवन गरे यो रोगमा राम्रो गर्दछ । तर महिनावारी भएको वेला यो विधि अपनाउनु हुदैन । यसै गरि गर्भवस्थाको कारणले महिनावारी नभएको भए गर्भवती भए नभएको निक्र्यौल गरेर मात्र यो विधि अपनाउनुपर्छ किनकि गर्भवस्थामा मेवाको सेवन ले गर्भपात हुन सक्छ ।
अदुवाको प्रयोगः–
१ चम्चा अदुवाको रसलाई १ चम्चा महसँग मिलाएर पानीमा घोली विहान बेलुका पिउनाले महिनावारी गडवढिमा ठूलो राहत पुर्याउँदछ । अदुवामा पाइने तत्वहरुले पाठेघरको मांशपेशीको अनियन्त्रीत ऐठन एवं रक्त श्रावलाई नियन्त्रण गर्दछ । अदुवा उण्ण–धर्मी भएकाले दुखाई कम गर्न र योनी प्रदर कम गर्न मद्दत गर्दछ । अदुवाको पानीलाई उमालेर पिउदा पनि दुखाइ कम हुन्छ ।
फर्सीको विऊः–
फर्सीको विऊलाई हल्का भूटेर आधा आधा चम्चा विहान बेलुका खाने गर्दा अनियमित एवं कष्टकर महिनावारीमा ठूलो राहत पु¥याउँदछ । फर्सीको बीऊमा प्रशस्त मात्रामा जीङ्ग धातु छ । यस धातुले शरीरमा टेष्टेटोरोेन हार्मोनको स्तर बढाउन मद्दत गर्दछ र महिनावारीलाई नियमीत गराउँदछ ।
कालो तिलः–
कालोतीलमा लिगनिन नामक तत्व प्रचुर मात्रामा पाइन्छ । यो तत्वले हर्मोन र पाठेघरको तत्वको सम्पर्कलाई मजवुत बनाउदछ । यसका साथै तीलले पाठेघर र कटी प्रदेशको रक्त सञ्चारलाई पनि सूचारु राख्छ ।
(लेखक, भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन ।)