म नर्स कदापि हुने छैन अरूको पर्स,
आज विश्व पीडित छ जसलाई भन्दछन नम्बर २ सार्स।।
यसलाई सहजको रुपमा भन्ने गरिन्छ कोरोना,
आज धेरै गलेका छन्, आश मारेका छन्, छैन बिहान बेलुका खाना।
कुरो धेरै आए बाच्दथ्ये होला नन्काइका जोड्दि प्रसाद यदि पाएको भए समयमा खाना,
क्वारेन्टाइनमा बसाई हुँदा पनि समयमा स्वास्थ्य सेवा वञ्चित भै मर्नु परेको छ, धन्य है कोरोना।।
किनकि आज यो देशमा हाम्रो सरकार छ,
त्यसैमा हामीलाई ठूलो गर्व छ।
यसै कोरोनाबाट संक्रमितको बास गोठमा,
हाम्रा सरकारका पिता करोडको कार्पेटमा!!
प्रदेशका मुख्य मन्त्रीलाई पौनै २ करोडको गाडी चाहिएको छ,
यो कोरोनाबाट ससंकितलाई असुरक्षित टेन्ट र स्कुलमा राखिनु परेको छ।
किनकि अहिले यो देशमा हाम्रो सरकार छ।
किनकि अहिले यो देशमा हाम्रो सरकार छ।।
लेखौं भने के लेखौं, किनकि हु म नर्स,
कदापि बन्ने छैन अरूको पर्स।।
लक डाउन ज्येष्ठ ३२ गते सम्मलाई भनी घोषणा गर्दछ,
आम व्यवसायी व्यापारी आदिलाई ज्येष्ठ २५ भित्र कर तिर्नु भनी उर्दी जारी गर्दछ,
किनकि यो देशमा आज हाम्रो सरकार छ।।
जम्बोजेट प्रदेश र संघीयका मनानियज्यूहरुलाई भत्ता प्रदान गर्ने गर्दछ,
साधारण कर्मचारीहरुलाई खाई पाई आएको तलब भत्ता काट्ने गर्दछ ,
किनकि यो देशमा अहिले हाम्रो सरकार छ।।
हाम्रो सरकार भन्नाले कमाउनिष्टहरुको मात्र भनेर नबुझिदिनुहोस्,
किनकि कर सबैले तिरेको छ,
त्यसैले यो सरकार आम नेपाली सबैको हाम्रो सरकार हो भनी बुझ्नु होस्।।
यो विश्वव्यापी महामारीको रुपमा कोरोना आयो,
ठूला ठूला विकसित राज्यलाई आफ्नो औकात देखाई छाड्यो,
तर यहाँ सबैलाई म एक नर्स के बिन्ती गर्दछु भने,
नडराउनुहोस् यो कोरोनाबाट, चाँडै मुक्ति मिल्नेछ
किनभने आज हामीसंग यो देशमा विशिष्ट हाम्रो सरकार छ,
आज हामीसंग हाम्रो देशमा विशिष्ट राम्रो सरकार छ।
हिजो सुनियो बालुवाटारको जग्गा हाम्रो ठूला नेताको नाममा छ रे,
हिजो सुनियो हामीहरुले विश्व बाजारमा स्याटेलाइटबाट बिजुलीको व्यापार गरिन्छ रे,
त्यस्तै सुनियो महाकालीबाट बिजुली निकाली खनखन्ती पैसा धेरै गनिन्छ रे!!
त्यसैमा गर्व गरिन्छ किनकि यो देशमा आज हाम्रो सरकार छ।
कोरोना जब तिमी आयौ, ठूला राज्यमा पनि अति डर फैलाई दियौ,
एक मात्र बच्ने उपाय पालना गरौँ, लक डाउन भन्ने मन्त्र पढायौ।।
तर हामी पीडित छौ, किनकि यो बीचमा हाम्रो देशको नक्शा नै हरायो।
जनता धेरै ताते, सोध्न लागे के गर्दैछौं हे हाम्रो सरकार ?
उत्तर दिए सरकार प्रमुखले, ए हो र मलाई त पत्तै भएन!!
त्यसैले भन्दछु यो देशको नै हो यो हाम्रो सरकार,
हरेक कुरो खोजी खोजी गर्दै गर्दछु खबरदार।।
हाम्रो सरकार तु बैठक बसी जारी गरे हाम्रो देशको नक्शा,
कति त रुन कराउन लागे त, कतिको त बिग्रियो मनोदशा!!
मिचाहाहरुको खैलाबैला उता, हाम्रा सरकारको जय जयकार यता।।
तर टिकेन यो धेरै किनकि कतिले भन्न थाले कहाँ हुनु यो हाम्रो सरकार,
किनकि न यसले कसैलाई मिचे न त कसैलाई थिचे,
जसले थिचे त्यो पो हाम्रो सरकार, गरौँ उसैको जय जयकार।।
होइन म नर्स भन्दछु यो देशको यही नै हाम्रो सरकार,
धेरै कमी कमजोरी बीच हामी बीच नै छ यो सरकार,
त्यसैले आज भएको छ सबैको यो हाम्रो सरकार।।
हिजो अस्ति झै लाग्दछ वारी खाने पारीबाट यतै ढुंगा मुढा हान्ने,
महा भुकम्पबाट थिलथील भाको बेलामा नाकाबन्दी लगाउने!!
यसको विरोधमा चु सम्म नबोल्ने,
आज भन्दैछन् कहाँ हो र, याे देशको हाम्रो सरकार??
उहाँहरुको यो देशमा उपस्थित नै छैन रे!!
कोहि भन्दछन् मध्यावधि चुनाव गराउनु रे!!
कोही भन्दछन् मैले बनाएको आर्थिक संरचना सबै स्वाहा पार्यो रे!!
तर म जाबो नर्स भन्दछु, यो बीचमा पनि हाम्रो सरकार
के गरेर हुन्छ कसो गरेर हुन्छ जुट्दैछन् हाम्रो सरकार।।
त्यसैले भन्दछु म एक नर्स, यो देशको नै हो एक मात्र हाम्रो सरकार।
हिजो अन्य राज्यको सहयोगबाट बनेका उद्योग धन्दा कौडीको भाउमा कसले बेच्यो, त्यो हामी कहाँ बिर्सेका छौं र!!
को कताबाट संचालित छन् भन्ने यो जालो, देशको जारी नक्शाले स्पष्ट पार्दै छ।
त्यसैले म एक नर्स भन्ने गर्दछु,
न डर न पर सर, जारी गराउ हाम्रो देशको नक्शा परेको हामी व्यहोर्दैछु,
यो फाल्टु खर्च बन्द गर, किनकि आज यो देशको हो हाम्रो सरकार।
जातीयताको बीउ रोप्ने, क्षेत्रीयताको बीउ रोप्ने धेरै नै छन् यहाँ,
अब सृजनाको बीउ रूप, तब हुन्छौं सही मानेमा हाम्रो सरकार यहाँ।।
बुद्ध जन्मे यहाँ, सिता जन्मे यहाँ, के मा कमी छ र हाम्रो देशमा यहाँ?
त्यसैले मानवताको पुजारी, म एक नर्स गर्व गरी छाती फुकाउँदै भन्ने गर्दछु
यो देशमा छ हाम्रो सरकार।। यो देशमा छ हाम्रो सरकार।।।
एकातिर कोरोनाको छ कहर,
अर्कोतिर बिहान बेलुका खाना जुटला की नजुटला भन्ने डर,
बजेट जति योजना र विस्तृत वर्णनमा पढेर सकियो,
व्यवहारमा भनौ भने हामी नर्स जहिले पनि आर्थिक भारमा नै सदा झै थलियो।
एक स्वास्थ्य संस्था एक चिकित्सक/ स्वास्थ्य कर्मी नीति तथा कार्यक्रममा लेखियो,
बजेट विवरण पढ्दा स्वास्थ्य कर्मी कता हो, कता हरायो,
किनकि यो देशमा छ हाम्रो सरकार,
त्यसैले सबै गर्व गर्दछ यो नै हो हाम्रो सरकार।।
नलेखौं भने मनै मान्दैन, किनकि म हु एक सच्चा इमान्दारी मानव सेवी सच्चा नर्स,
जिन्दगीमा कसैको बन्न सकिएन गोजीको पर्स,
तर पनि म गर्व गर्दछु यो देशमा छ मेरो सरकार,
तर पनि म गर्व गर्दछु यो देशमा छ मेरो सरकार।।
कसैलाई भने की छोरी, की बुहारीलाई मेयर तथा मन्त्री बनाउने ठूलो रहर,
हामी जनता र इमान्दार नर्स जहिले पनि कुरी बस्ने, पाउनेछौ भनी समान न्याय र अवसर,
हरेक पल र जीव जगतले पनि भनी गर्ला है यो जिन्दगी धिक्कार,
किनकि यो देशमा छ हाम्रो सरकार,
किनकि यो देशमा छ हाम्रो सरकार।।।
रात पछि बिहानी भने झै, अंध्यारो पछि मिरमिरे उज्यालो झै,
तिम्रा काला कर्तुतहरु धेरै हेराैँ, अब तिम्रा असल कार्य हरु एक जुट भई देखाऊ,
धैर्य गरी हामी पर्खी बसेका छौ, किनकि यो देशमा हाम्रो सरकार छ।
धैर्यता र कोमल हृदयता हामीमा प्रचुर मात्रामा छ,
किनकि हामी नर्स कुरोमा होइन कर्ममा विश्वास गर्दछ।।
यो कोरोनाले धेरै कुरो सिकाएको छ, जरूर राम्रो कार्य सबै मिली गर्नु छ।।
कोरोना मुक्त हाम्रो देश बनाउनु छ, जरूर यो कुरामा लोकले साथ दिने छ।।
किनकि यो देशमा हाम्रो सरकार छ, किनकि यो देशमा हाम्रो सरकार छ।
(लेखक रमेश सुब्बा नेपाल नर्सिङ्ग सँघ (नान ) का बरिष्ठ उपाध्यक्ष हुन )