रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ। मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो ।
इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ । इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा शरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।
विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ ।
जिवन यापनमा आइरहेको परिवर्तन, विलासी जिवलशैली तथा भौतिक मेहेनतको कमी ले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन्। ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालको ग्रामिण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् ।
मधुमेहका लक्षण
१ प्यास बढी लाग्ने
२ पिसाब बढी हुने
३ भोक बढी लाग्ने
४ दुब्लाउने
५ आँखाको दृष्टिमा खराबी
६ घाउ निको नहुने
७ हातखुट्टा झमझम गर्ने
८ पिसाब फरेको ठाउँमा कमिला लाग्ने
मधुमेहबाट बच्ने उपायहरु
१ शारिरीक रुपमा सक्रिय रहने । जस्तै : हरेकदिन कम्तिमा ३० मिनेट जति हल्का पसिना आउने गरी हिड्ने वा योगा गर्ने वा कुनै न
कुनै रुपमा शरीर सक्रिय हुने त्रियाकलाप गर्ने ।
२ उचाइ अनुसार तौल कायम राख्ने ।
३ प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
४ चुरोट, बिडी, सूर्ति, तमाखु, खैनी, जर्दा आदि सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
५ चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्ने ।
६ छोरी, बुहारीलाई पौष्टिक आहार खुवाउने ।
७ बच्चालाई २ बर्षको उमेरसम्म स्तनपान गराउन प्रोत्साहित गर्ने ।