एजेन्सी । यतिबेलाको मौसम चर्को गर्मीको हो । चर्को गर्मीको मौसममा धेरै व्यक्तिलाई चिसो फलफुल खान असाध्यै मन पर्छ त्यसमाथि पनि चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ ।
धेरैजसोले सलादकै रुपमा प्रयोग गर्ने काँक्राले शरीरलाई स्वस्थ राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका फाइदा यति धेरै छन कि यसका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ ।
काँक्रामा भिटामिन सी,पोटासियम,फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम,फस्फोरस,फलाम,सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ ।
यस्ता छन् काँक्रा खानुका फाइदाहरु
-काँक्रामा भएको पोषक तत्वले रगत जम्न दिँदैन हड्डीका मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलनमा राख्ने कामसमेत गर्दछ ।
– काँक्राले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ ।
– काँक्राले मानिसको तौल र पेटको बोसो घटाउन मद्धत गर्दछ ।
-काँक्राको सेवनले मानिसको शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ ।
-काँक्राले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसकारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ ।
-काँक्रामा भएको पानीले विषाक्त तत्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन, मुखको दुगन्ध हटाउन मद्दत गर्छ ।