कपाल व्यक्तिको सुन्दरतासँग जोडिए हुन्छ । राम्रो र स्वस्थ कपाल सबैको चाहना हो । पछिल्लो समय कपालको समस्याहरु धेरैको लागि टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ । सानो उमेरमा नै कपाल झरेर आधा टाउको खाली हुनु, कपाल पातलो हुनु, कपाल फुस्रो हुनु ,कपालमा हाँगा आउने जस्ता समस्याहरु धेरैको साझा समस्याहरु हुन् ।
तपाईंको कपाल तपाईंको महिमा हो । त्यसैले कपाल राम्रो र स्वस्थ बनाउन जरुरि छ । कपालको सौन्दर्य कायम राख्नका लागि नुहाउँदादेखि नै ख्याल राख्नुपर्ने हुन्छ। कपाल कस्तो प्रकृतिको छ, नुहाउँदा त्यही अनुसारको स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ।
नियमित नुहाउनु कपाल को लागि राम्रो मानिदैन् । कपाल हप्तामा कतिपटक नुहाउने भन्ने कुरा कपालको प्रकारले पनि निर्धारण गर्छ । यदि कपाल धेरै नै सुक्खा छ भने हप्तामा २ पटक र धेरै नै चिल्लो हुने कपाल भने एक दिन बिराएर नुहाउनु राम्रो हुन्छ । कपाल नुहाउँदा रसायनको मात्रा एकदम कम अथवा रसायन नै नभएको स्याम्पु प्रयोग गर्नुपर्छ । यस्तो स्याम्पु कपालको लागि स्वस्थ मानिन्छ ।
तपाईंको कपालको थप सुधार गर्न चाहनुहुन्छ वा तपाईं यससँग सन्तुष्ट हुनुहुन्न भने यो पनि असामान्य विषय होइन । यदि तपाईं पनि कपाललाई राम्रो बनाउन चाहनुहुन्छ भने यसको उपचारका केही उपाय समेत छन् । केही प्राकृतिक उपचारहरूको प्रयोग गरेर हेर्नुहोस् । तिनीहरूको प्रमाणित लाभले तपाईंलाई उत्प्रेरित गर्न र तपाईंको कपाल बढाउनको लागि मद्दत गर्नसक्छ ।
राम्रो र स्वस्थ कपालको लागि के कुरामा ध्यान दिनु पर्छ
१- दिनहु नुहाउन हुदैन
२- रसायनको मात्रा एकदम कम अथवा रसायन नै नभएको स्याम्पु प्रयोग गर्नुपर्छ ।
३- कपाललाई हावामा अथवा नरम तौलियाले पुछेर सुक्खा बनाउनुपर्छ।
४- चिसो कपाल काइँयोले कोर्नु हुँदैन ।
५- नियमित मसाज गर्नुले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।
६- प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ ।
७- हप्ताको २ ३ पटक तेल मसाज गर्नु पर्छ
८- प्रशस्त पानी पिउने
९- स्वस्थ खाना खाने
कपालमा हाँगा पलाए के गर्ने घरेलु उपाए
कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ । त्यस पछि ६ ९ ७ स्पुन एलोभेरा जेल लिने ९आफ्नो कपाल अनुसार०, त्यसमा १ भिटामिन इ क्याप्सुल , नरिवलको तेल र मह यो सबै लै राम्रो संग मिलाउने र आफ्नो कपाल को बीच बाट टुपो सम्म राम्रो संग लगाउने एउटा कपाल नछुट्ने गरि त्यस पछि कपाललाइ जुरो बनाए र ३० मिनेटका लागि छोड्ने । ३० मिनेट पछि रसायन नभएको स्याम्पु राम्रो संग नुहाउने र कृत्रिम तरिकाले वा मेसिनको प्रयोग नगरि कपाल लाइ प्राकृतिक तरिकाले नै सुकाउने