काठमाडौं । बिटरुट अर्थात् चुकन्दर । गर्मीको मौसममा चुकन्दर खानाले थुप्रै फाइदा दिन्छ । गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यालाई टाढा राख्नुका साथै छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्याउँछ । यदि कसैको शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा पुर्याउँछ ।
यसमा उच्च पौष्टिक तत्व र पानी प्रशस्तै हुन्छ । साथै यसमा फ्याटको लेभल शून्य हुने भएकोले यसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । गर्मीको समयमा चुकन्दर खानुको फाइदा यसप्रकार छन् :
भरपुर पोषण
यदि तपाईंको रगतमा हेमोग्लोबिनको मात्रा कम छ भने डाक्टरले पक्कै पनि खानामा चुकन्दर सेवन गर्ने सल्लाह दिएको हुनुपर्छ । चुकन्दरमा लगभग हरप्रकारको भिटामिन र मिनरल पाइन्छ, जुन हाम्रो शरीरको लागि आवश्यक हुन्छ । यो पोटासियम र फोलेटको पनि राम्रो स्रोत हो । यसमा पाइने नाइट्रेट हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।
मुटुसम्बन्धी रोगका लागि राम्रो
चुकन्दरको जुस नियमित रूपमा सेवन गर्नाले कार्डियोभास्कुलर रोगहरू वा मुटुसँग जोडिएका रोगहरूको खतरा कम हुन्छ । यसमा नाइट्रेट हुन्छ । र नाइट्रेट पछि नाइट्रेट अक्साइडमा परिवर्तन भएपछि रक्त प्रवाहलाई नियमित गर्न मद्दत गर्छ । जसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ भने हृदयघात र स्ट्रोकको खतरा पनि कम गर्छ ।
मस्तिष्कको सुरक्षा
चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस गर्न सजिलो बनाउँछ । यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ।
एन्टी क्यान्सर
चुकन्दरमा पाइने एन्टीअक्सिडेन्टले शरीरमा अस्थिर कोषहरूलाई खोजेर नष्ट गर्ने काम गर्छ । साथे केही अनुसन्धानले चुकन्दरको एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी प्रोपर्टी र न्युट्रिसनल कन्टेन्टले क्यान्सरको उपचारमा मद्दत गर्छ ।
कलेजो र पेटेको सफाइ
चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेटको सफाइ हुन्छ । यसले डिटक्सीफायरको काम गर्छ । यसमा हुने एन्टीअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकालने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । यसले कब्जियत भएका बेला पनि राहत पुर्याएर पाचन प्रक्रियामा सुधार ल्याउँछ ।