परिचय
पिसाब संक्रमणको कारण भन्दा पनि पहिला पिसाब संक्रमण शरीरको कुन कुन अंगहरुमा हुने गर्छ भन्ने जान्न जरुरी छ । पिसाब निस्कने ठाउँ यूरेथा, पिसाब जम्मा हुने ठाउँ ब्ल्याडर,त्यसैगरी पिसाबको थैली र मृगौलासँग जोडिएको पाइप तथा मृगौला लगायतका अंगहरुमा पिसाब संक्रमण हुने गर्छ ।यीनै चार अंगहरुबाट पिसाब बन्ने, निस्कने र जम्मा हुने गर्दछ।
विभिन्न कारणले यी चारवटै अंगहरुमा इन्फेक्सन हुने गर्छ । पिसाब संक्रमणका लक्षणहरु मान्छे अनुसार भिन्न भिन्नै हुन सक्छन् । महिलाहरुमा पिसाबको संक्रमण पुरुषको तुलनामा बढी हुने गर्छ । महिलाहरुमा पिसाबको थैलीबाट पिसाब निस्कने बाटो एकदमै छोटो हुने भएकोले उनीहरुमा पिसाब संक्रमण धेरै हुने गर्छ। पिसाब आउने बाटो योनी र मलद्वारको नजिकै हुने भएकोले पनि यूरिन इन्फेक्सनको खतरा बढी हुने गरेको हो।
महिलाहरुमा विवापछि किन यूरिन इन्फेक्सन हुन्छ ?
विवाह पछि नै महिलाहरुमा यूरिन इन्फेक्सन हुन्छ भन्ने चाँहि होइन । तर विवाहपछि हुने शारीरिक सम्पर्क तथा यौन अंगहरुको सरसफाइको अवस्थाका कारण पिसाब संक्रमण हुने गर्छ । यौन सम्पर्कका कारण हुने विभिन्न परिवर्तनका कारण इन्फेक्सन भन्दा पनि पिसाब पोल्ने,पेट दुख्ने सम्भावना बढी हुन्छ । त्यसैले विवाह पश्चात् यौन अंगहरुको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
पिसाब संक्रमण भएको कसरी थाहा पाउने ?
पिसाब गर्दा पोल्ने,
घरिघरि पिसाब जान मन लाग्ने,
थोरै मात्र पिसाब आउने ,
पिसाब गर्दा कोखा दुख्ने,
पिसाबमा रगत जाने,
पिसाब नलीबाट पिसाबसँगै पिप देखिने,
उच्च तापमानको ज्वरो आउने,
शरीर काप्ने,
पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने,
कसरी हुन्छ उपचार ?
यदि इन्फेक्सन एकदमै बढेको छ भने अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था समेत आउन सक्छ । सुरुकै अवस्थामा भने औषधि तथा घरेलु उपचारबाट पनि निको हुन्छ । यदि ज्वरो आएको अवस्थामा नशाबाट एन्टिबायोटिक दिएर उपचार गराउनुपर्ने हुन्छ ।
पिसाब संक्रमण मृगौलासम्म नै पुगेको अवस्था भने त्यसलाई फाइबरनेटाइटिस् भन्ने गरिन्छ । यदि सुरुकै अवस्थामा यसलाई पता लगाउन सकेमा मानिस विस्तारै सामान्य अवस्थामा आउन सक्छ । बिरामीको प्रतिरक्षा क्षमता कमजोर भएको तथा किटाणु शरीरभरि नै फैलिएको अवस्थामा प्राणघातक समेत हुन सक्छ ।
पिसाब संक्रमण हुन नदिनका लागि अपनाउनुपर्ने सावधानी ?
भर्खर विवाह गरेका महिलालाई पनि पिसाब संक्रमण हुने जोखिम उच्च हुन्छ। शारिरीक सम्पर्कमा सक्रिय हुदाँ किटाणु बाहिरबाट भित्र पस्छन् र संक्रमण हुन्छ, जसलाई ‘हनिमुन सिस्टाइटिस’ पनि भनिन्छ। यसका कारण केही महिला अस्पतालमै भर्ना हुनुपर्ने अवस्थासम्म पुग्छन्।
धेरै समयसम्म उपचार गरिएन भने मिर्गौलामा पिप जम्ने (रेनल एब्सेस) हुनसक्छ। यदि यस्तो भएमा लामो समयसम्म उपचार गर्नुपर्ने हुनसक्छ। त्यो पिपलाई तान्नुपर्ने हुन्छ। यस्तो अवस्थामा लामो समय औषधि खानुपर्ने हुनाले युरोलोजिस्टसँग सल्लाह गर्नुपर्छ।
यस्तै, बच्चाको पिसाब माथि फर्केर गएको छ कि छैन भनेर विचार गर्नुपर्छ। त्यो एक्सरे गरेर हेर्न सकिन्छ।
मधुमेहका बिरामी, शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिस, अधवैंशे महिला, सेक्सवर्कर, पत्थरी भएका व्यक्ति आदि पिसाब संक्रमणको उच्च जोखिममा हुन्छन्।