एजेन्सी । नरिवलको पानी मन नपराउने सायदै होलान् । यो जैबिक रूपमा स्वस्थ र सफा पेय पर्दाथ पनि हो ।
फलफूल अन्र्तगत पर्ने नरिवल पोषणयुक्त फल हो । यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ ।
यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ । शून्य कोलेस्ट्रोल यो पानी अतयन्तै स्वस्थ र भिटामिनहरूले भरिपूर्ण पेय पर्दाथ हो ।
यसमा भिटामिन ‘बी’ र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ ।
मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन् । एक अध्ययन अनुसार नरिवल पानीले हृदय घातको खतरलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनाबश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउँछ । नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र हृदयघातको खतरा न्यून हुन्छ ।
नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउँछ । यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई बृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउँछ ।
यदि तपाईंंलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रबाहलाई तीब्र पारेर यस रोगबाट मुक्ति मिल्न समेत सहयोग मिल्छ ।
तपाईंलाई पखला लागेको छ रु यदि हो भने नरिवल पानी अचूक औषधी हो । नरिवल पानीले तपाईंको शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ती मात्र गर्दैन इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ ।
शरीरभित्र भएका अनवाश्यक हानीकारक विषहरूलाई यसले बाहिर फालिदिन्छ । नरिवल पानी प्राकृतिक रूपमा नै सबल हुन्छ । हाम्रो शरीरमा आवश्यक पर्ने इलेक्ट्रोलाईट तह नरिवललमा पाइन्छ ।
यसले गर्मीमा हुने तिक्षण तापक्रम र त्यसपछि पसिनाले शरीर सजिलै सुख्खा हुन्छ । गर्मी भइरहेको बेला शरीरलाई आनन्द दिनका लागि नरिवल पानी भन्दा अर्को कुनै हुन सकदैन् । कार्बोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो ।
ठूलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायमको क्रममा डिहाइड्रेडको सम्भावना हुन्छ । यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुन सक्छ ।