काठमाडौं । बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । नभनियोस् पनि किन ? खाँदा निकै स्वादिलो लाग्ने र सम्झिँदै मुख रसाउने यो फल मिठो मात्र होइन निकै गुनिलो पनि छ ।
आपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ । आप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएर चिन्तित भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ । र यसले वजन बढाउन समेत सहयोग गर्छ ।
आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् ।
यो एन्टी अक्सिडेन्ट तत्वको मुख्य श्रोत पनि हो जसले सरीरमा कोषको क्षयिकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ । आँपको नियमित सेवनले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम हुने विज्ञहरु बताउँछन् ।
आँप खानुका फाइदा निम्न छन् :
-क्यान्सरबाट बचाउछ :
आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ।
-दृष्टिशक्ति बढाउछ
यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउँछ।
-फाइबर र भिटामिन सिको भण्डार
आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।
-शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ
यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ।
-पाचन प्रक्रिया राम्रो बनाउछ
मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।
-रोगप्रतिरोधी
आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।
-एन्टिअक्सिडेन्टयुक्त
आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ।
-प्रजनन क्षमतामा वृद्धि गर्छ
आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।
-खनिजयुक्त
आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन्।
-यौन क्षमता बढाउछ
आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ।