काठमाडौं : पछिल्ला दिनमा गर्मी बढ्दो छ। अन्य मौसमको तुलनामा गर्मी मौसममा बढी थकान हुन्छ भन्ने तपाईहरुले महशुस गर्नुभएकै होला । गर्मीमा धेरैबेर काम गर्न नसक्दा शरीरमा पानिको कमी हुनुको कारण हुने रहेको पाइन्छ । तर, पानिको अभाव मात्र कारण होइन । बढेको तापक्रमले हाम्रो शरीरमा ऊर्जा घटाउने काम गर्छ । त्यसैले गर्मी मौसममा मानिसहरुलाई धेरै थकान लाग्छ । विज्ञहरुका अनुसार घाममा धेरै समय बिताउँदा शरीरलाई यसको सामना गर्न गाहे हुन्छ र हामी गर्मीको थकान महशुस गर्छौ ।
गर्मीको थकान धेरै कारणले हुनसक्छ । जसमध्ये पहिलो भनेको लामो समयमा घाममा समय बिताउँनु हो । यसले शरीरमा सुत्ने र उठ्नका लागि जिम्मेवार हर्मोन मेलाटोनिनलाई असर गर्छ । जसको कारण अत्यधिक गर्मीमा थकान पनि बढि हुन्छ । यो धेरै समय वा धेरैजसो बाहिर बस्ने मानिसहरुमा बढि हुन्छ । तर, गर्मीमा अत्यधिक थकान लाग्नुका केही अन्य कारणहरु पनि रहेका छन् । यसको अर्को कारण पानिको कमि पनि हो । शरीरमा पानीको कमी हुँदा गर्मीको प्रवाभ बढ्छ । त्यसैलेपनि गर्मी मौसममा धेरै पानि पिउने सल्लाह दिइन्छ । यसबाट तापक्रम बढेपछि पसिना आउने पानीको हानीलाई नियन्त्रण गर्न सकिन्छ ।
गर्मीको थकानबाट बच्न पानीबाहेक विशेष खाना र पेय पदार्थ आवश्यक हुन्छ । यो मौसममा खानपानमा सजग रहनुपर्छ । गर्मीमा कार्बोहाइट्रेडयुक्त खानेकुरा बढि खाँदा शरीरलाई पचाउन धेरै समय लाग्छ । जसले गर्दा पाचन प्रकृया पनि सुस्त हुन्छ । जसको कारण शरीरको तापक्रम सन्तुलित राख्न समस्या हुन्छ । गर्मी मौसममा बढी पानी निकाल्ने अल्कोहल जस्तो चिजको सेवनबाट बच्नुपर्छ । जसको कारण शरीरमा पानीको कमी बढ्छ । सलाद, रसिलो फलफुल र तरकारीहरु आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ। त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ।
गर्मीबाट बच्न के गर्ने ?
हलुका रङको लुगा लगाउनुहोस् : कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ।
गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ। सकभर यो मौसममा सेतो रङको हलुका कपडा लगाउन राम्रो हुन्छ।
आफूलाई हाइड्रेटेड राख्नुहोस् : यो मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक छ। विज्ञहरूले गर्मीको कारण शरीरमा देखिने स्वास्थ्य समस्याबाट बच्न हरेक दिन कम्तिमा ८-१० गिलास पानी पिउने सल्लाह दिन्छन्।
चर्को गर्मीमा घरबाहिर नजानुहोस् : दिनको सबैभन्दा तातो समय सामान्यतः दिउँसो १२ बजे र ४ बजेको बीचमा हुन्छ। यो समयमा बाहिर नजानुहोस्,चर्को गर्मीमा घर बाहिर जानै पर्ने काम परेमा टोपी र छाताको प्रयोग गर्नुहोस्।
सनस्क्रिन लगाउनुहोस् :सूर्यको हानिकारक किरणहरूबाट आफ्नो आँखालाई जोगाउन, कम्तीमा एसपीएफ ३० भएको सनस्क्रिन लगाउनुहोस् र सनग्लास लगाउनुहोस्।
फ्लू को लक्षण देखिए सावधानी अपनाउनुहोस्: गर्मीको लहरको समयमा गर्मी थकान र गर्मी स्ट्रोक सामान्य छन्। यी लक्षणहरूमा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान समावेश हुन्छ। यदि तपाईं यीमध्ये कुनै पनि लक्षणहरू अनुभव गर्नुहुन्छ भने, तुरुन्तै चिकित्सा ध्यान खोज्नुहोस्।
एजेन्सी