बर्दिया- बर्दिया जिल्ला स्थित गुलरिया सदरमुकाममा रहेको बर्दिया जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्रीका साथै स्वास्थ्य जनशक्तिको परिपूर्ति गराई दिन आम नागरिक र सरकारसँग समक्ष माग गरेको छ ।
कोभिड-१९ को दोस्रो भेरिएन्टको प्रकोपले विश्व नै प्रभावित भएको अवस्थामा नेपाल पनि अछुतो हुन सकेको छैन । विश्वका धेरै देश लगायत नेपालमा पनि कोरोना संक्रमणले आंतकित बनाएको छ । छिमेकी राष्ट्र भारतसँग सिमा जोडिएका नेपालका केहि जिल्लाहरु अझ बढि मारमा परेका छन् । त्यस मध्ये बर्दिया जिल्ला पनि एक हो ।
बर्दिया जिल्ला अस्पताल कोभिड-१९ को उपचारको लागि निर्देशित नभएपनि मानवको अमुल्य जीवन बचाउँनु मानविय धर्म हो भन्ने भावनालाई आत्मासाथ गरेर यो अवस्थामा पनि सुत्केरी सेवा र अन्य स्वास्थ्य सेवा लगायत निमोनिया, श्वासप्रश्वासमा समस्या भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीहरुले ज्यान जोखिममा राखेर सेवा दिईरहेको बर्दिया अस्पताल विकास समितीले जेष्ठ ३ गते जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बर्दिया जिल्ला अस्पतालका अध्यक्ष अंगद श्रेष्ठ भन्छन् 'नेपाल सरकारले कोरोना रोकथामका लागि सहयोग गरेता पनि त्यो सहयोग प्रायाप्त छैन । उनले भने अहिले देश कोरोना महामारीबाट गुज्रिरहेको छ यो अवस्थामा आम नागरिकको पनि केहि दायित्व रहन्छ ।, यसै अनुरुप बर्दियालीबासि जो देशविदेशमा रहनु भएको छ उहाँहरुलाई आफ्नो क्षमताले सक्दो सहयोग गर्न आह्वान गरिएको हो।' राज्यले नै हरेक पटक सहयोग गर्नु पर्छ भन्ने हुदैँन नागरिकको पनि आफ्नो देशप्रति जिम्मेवारी हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै बर्दियाबासिको जीवन रक्षाका लागि यस जिल्ला अस्पताललाई सहयोग गर्न उहाँले आग्रह गर्नु भएको हो ।
अस्पातलमा कार्यररत चिकित्सक, नर्स साथै अन्य स्वास्थ्यकर्मी र प्रशासनिककर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु बिना नै आफ्नो ज्यान जोखिममा राखेर दिनरात बिरामीहरुको सेवामा लागि पर्नेहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तव्य रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
बर्दिया जिल्ला अस्पतालमा हालसम्म जडान गरिएको छैन पीसीआर मेसिन
बर्दियाको एक मात्र बर्दिया जिल्ला अस्पताल जसले जिल्लाभरि नै उपचार प्रवाह गर्दछ यस अस्पतालमा हालसम्म अस्पताल संरचनाको बनावटले गर्दा पीसीआर मेसिन जडान गर्न नसकिएको अध्क्षय श्रेष्ठले बताउनु भयो । उहाँले 'पिसिआर मेसिन जडान नभएका कारण परिक्षणका लागी संकलित स्वाव भेरी अस्पताल पठाउन बाध्य छौं, रिर्पोट समयमा आउँदैन त्यसैले कोरोनाका बिरामीको उपचार नै राम्रो सँग गर्न सकिएको छैन । भेरी अस्पतालमा बेडहरु खाली नहँुदा बर्दियाका धेरै संक्रमितले अकालमा नै मृत्युवरण गर्नु परेको छ ।' यदि गम्भिर बिरामीहरुको उपचार यस अस्पतालमै गर्न सकेको भए यसरी मृत्युवरण गर्नु नपर्नै उँहाको धारण छ ।
उहाँले भन्नु भयो 'कोभिडका बिरामीहरुको तत्कालै उपचार गर्नु पर्ने हुदा टेष्ट बिना नै उपचार सुरु गर्नु पर्ने बाध्यता छ। , 'हामी सँग अक्सिजन सिलिण्डर प्राप्त मात्रामा नरहेको र भएको सिलीण्डरमा पनि अकिसजन फिलिङ्ग गर्न पनि नेपालगंज जानु पर्ने र समयमै फिलिङ्ग नहँने समस्याले श्वासप्रश्वासका बिरामीहरुलाई समयमै उचित उपचारमा कठिनाई भइरहेको छ । साथै बिरामीहरुको चापलाई उपचार गर्न प्राप्त मात्रामा जनशक्ति नभएकोले अर्को समस्या थपिएको छ ।'
सबै बर्दियालीलाई सहयोग गर्न आग्रह
बर्दिया जिल्लामा जन्मभई स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णलाई तपाईको जिल्ला पनि कोभिड-१९ को महामारीबाट अत्यन्तै प्रभावित भएको छ । तपाईका आफन्तहरुले समयमै उपचार नपाएर मृत्युवरण गर्नु परेको छ ।
यसलाई रोक्नका लागि र संक्रमितको ज्यान बचाउँने उदेश्यले बर्दिया जिल्ला अस्पताललाई सक्दो सहयोगको गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै अस्पतालमा २४ शैयाको हाई डिपेन्डेन्सी युनिट HDU (High Dependency Unit) संचालनको लागि दुद्रतिमा काम भइरहेको र सो कार्यलाई सहयोग पुग्नेगरि दैनिक १५ देखि २० वटा अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्नु पर्ने देखिएको जिल्ला अस्पताल बर्दियाका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.सुभाष पाण्डेले बताउनु भयो ।
यस विषम परिस्थितीबाट उन्मुक्ती पाउँन तत्कालै अस्पतालको हाताभित्र एउटा अक्सिजन उत्पादन प्लान्ट जडान गर्न आवश्यक छ ।
त्यस्तै स्वास्थयकर्मीहरु पनि जोखिममा छन् उनिहरुको सुरक्षा सामाग्रीहरु र बिरामीहरुका लागि आवश्यक पर्ने उपचार सामाग्रीहरुको समेत व्यवस्थापन गर्नका लागि जिल्लाबासि र सरकारसँग अस्पताल विकास समितीले सहसयोगको अपेक्षा राखेको छ ।