एजेन्सी ।तपाईं आफ्नो शरीरलाई सक्रिय बनाउन चाहनुहुन्छ भने हप्तामा १५० मिनेट द्रुत गतिमा काम गर्नुपर्ने देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो दौडने, बगैँचा बनाउने, पौडी खेल्ने, खेल खेल्ने वा व्यायाम गर्ने वा प्रति हप्ता ७५ मिनेट हाइपरएक्टिभ एरोबोटिक शारीरिक गतिविधि गर्नुपर्ने हुन्छ ।
मांसपेशीहरूलाई सुदृढ पार्ने व्यायाम पनि हप्ताको २ दिन गर्नुपर्छ । यी निर्देशनहरू १८ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरूका लागि धेरै राम्रो मानिने डब्लुएचओको प्रतिवेदनले औँल्याएको छ ।
प्राय: बिहान सबेरै नउठ्ने, शारीरिक व्यायाम नगर्ने, हिँड्न नखोज्ने र राती अबेरसम्म नसुत्ने, आफ्नो स्वास्थ्यको चिन्ता नगरी बाहिर खान जाने जस्ता विभिन्न कारणले गर्दा हामी निष्क्रिय बन्दै गइरहेको उल्लेख गरिएको छ।
३ प्रतिशत महिलाहरूले मात्र शारीरिक व्यायाम गर्ने गरेको अनुसन्धानबाट देखिन्छ । त्यसैले बाँकी सबै महिलाहरूमा रक्तचाप, हृदय रोग, स्ट्रोक, मधुमेह, स्तन क्यान्सर, कोलोन क्यान्सर, मोटोपना र हड्डीसम्बन्धी धेरै रोगहरू हुने गरेको देखिएको छ ।
डा. मोहन डायबिटिज विशेषज्ञ केन्द्रले ४ राज्यमा एउटा सर्वेक्षण गर्दा स्वास्थ्य चेतना भए पनि शारीरिक गतिविधिलाई वृद्धि गर्न सक्दैन भने उसको शरीर स्वस्थ जस्तो देखिन्छ तर निष्क्रिय नै हुन्छ भन्ने कुरा पत्ता लगाएको छ ।
केन्द्रका अनुसार गत १० वर्षमा शहरी क्षेत्रहरूमा निश्चित रूपले सुधार भएको छ र अधिक व्यक्तिले पदयात्रा जस्ता गतिविधि गर्न थालेका छन् ।
उक्त केन्द्रले सन् २०१७ को अध्ययनमा शहरी क्षेत्रहरूमा मधुमेह र प्रिडायबिटिजको मात्रामा केही हदसम्म कमी आएको पत्ता लगाएको थियो । तर, शहरका गरिब मानिस र गाउँका धनी मानिसहरूमा यो वृद्धि भइरहेको छ किनभने उनीहरू स्वस्थ जीवनशैली अपनाइरहेका छैनन्।
तथ्यांकका अनुसार विश्वमा २७.५ प्रतिशत व्यक्तिहरूले शारीरिक गतिविधि गर्छन् तर विश्व स्वास्थ्य संगठनले तोकेको स्तरभन्दा भने धेरै कम रहेका छन् । शारीरीक गतिविधिमा महिलाभन्दा पुरुष धेरै सक्रिय छन् । जुन देश धेरै विकसित छ, त्यहाँ शारीरिक गतिविधिहरू त्यति नै कम छन् ।
निष्क्रिय जीवनशैली शरीरका लागि त्यति नै घातक छ, जति धुम्रपान र मोटाइबाट हुने गर्छ । यस्ता व्यक्तिहरूमा मृत्यु दर ६ प्रतिशतले बढ्छ । स्तन र कोलन क्यान्सरको जोखिम २१ देखि २५ प्रतिशत, मधुमेहको २७ प्रतिशत र हृदय रोगको खतरा ३० प्रतिशत बढ्छ ।
यो वैज्ञानिक दृष्ट्रिकोणबाट प्रमाणित भइसकेको छ कि शारीरिक सक्रियताले हाम्रा मंसपेशीहरू, मुटु र फोक्सोको फिटनेस बढाउँछ । हड्डीहरूलाई बलियो पार्छ र हृदय रोग र धेरै प्रकारका क्यान्सरको खतरा कम हुने गर्छ ।
स्वास्थ व्यक्ति यदि ३० मिनेटसम्म लगातार हिँड्दा, नाच्दा, दौडिँदा वा पौडी खेल्दा मात्रै पनि धेरै बिमारसँग टाढा रहन सक्ने मात्र होइन, शारीरिक रूपबाट नै स्वास्थ जीवन बाँच्न सक्छन् । हामीले कम्तीमा पनि ६० मिनेटसम्म शारीरिक क्रियाकलाप वा १० हजार पाइला चाल्ने प्रयास गर्नु राम्रो मानिन्छ ।
डब्लुएचएओका अनुसार ६५ वर्षभन्दा धेरै उमेर हुने मानिसले प्रति हप्ता १५० मिनेट हिँड्ने, साइक्लिङ गर्ने, खेल्ने वा हल्का व्यायम गर्ने गर्नुपर्छ ।