काठमाण्डौं- गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। जब एउटी महिला पहिलो पटक आमा बन्छिन्, मातृत्वसँग सम्बन्धित धेरै कुराहरू उनको लागि नयाँ हुन्छन्। गर्भावस्था र गर्भावस्था पछिको अवस्थाहरू आमाहरूको लागि धेरै महत्त्वपूर्ण छन्। त्यसैले सुत्केरी अवस्थामा आमाको लागि पोषण र विशेष स्यहारसुसार जरुरी हुन्छ । ९ महिनासम्म गर्भ, त्यसपछि पीडादायी प्रसूती र आमा बनेपछि नवजात शिशु हुर्काउनुपर्ने भएकाले सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान अति आवश्यक हुन्छ ।
आजकाल गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ। यो राम्रो कुरा हो। स्वास्थ्यको नियमित जाँचसँगै यो महत्वपूर्ण समयमा गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपानको जरुरी छ। यस्तो अवस्थामा शरिरलाई अधिक पोषणको आवश्यकता पर्छ त्यसकारण डेरी प्रोडक्टको प्रयोग राम्रो मानिन्छ ।
आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने भएकाले सुत्केरीलाई उचित स्यहारसुसार नपुगेको अवस्थामा आमा र शिशु दुबैको स्वास्थ्य कमजोर हुनसक्छ । त्यसैले सुत्केरीलाई खासगरी मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्छ । बच्चा जन्मिसकेपछि भिटामिन ए र जन्मिएको ४५ दिनसम्म आइरन चक्की खानुपर्छ। यी पोषणतत्वहरू अत्यन्त जरुरी भएकाले खानालाई परिपूरक गर्छन्। यसबाट आमा र बच्चा दुवैलाई फाइदा हुन्छ।
सुत्केरीको आहार कस्तो हुनुपर्छ ?
- भिटामिन, क्यालोरी एंव प्रोटीन युक्त खाना दिनुपर्छ ।
- शरिरमा पानीको मात्रा कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी, नरिवलको पानी, गाजरको जुुस, खरबुजाको जुस पिउनुपर्छ ।
- दैनिक रुपमा दलिया, साबुदाना, मसूर दाल खुवानु पर्छ । यसले दूधको मात्रा र गुणस्तर बढाउँछ ।
- पनीरयुक्त खाद्य पदार्थको सेवन गर्नुपर्छ ।
- मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ खुवान।
- रातको खाना पछि तर विनाको दुध पिउँदा राम्रो हुन्छ ।
- घिउको सेवन पनि एकदमै लाभदायक हुन्छ ।
- तागतको लागि ड्राई फ्रुटस्को मिल्क सेक बनाएर खान सकिन्छ ।
- ब्रेकफास्ट र लञ्चको विचमा ग्रिन टी पिउँदा एकदमै राम्रो हुन्छ । हल्का व्यायाम र स्ट्रेचिङ् पनि गर्न सकिन्छ ।
- नियमित व्यायामले महिलाको शक्ति मिल्छ ।
स्तनपान गराउने महिलाले दुग्धजन्य पदार्थबाट टाढा रहनुपर्छ । यसले पेट फुल्ने र ग्यासको समस्या निम्त्याउँछ। बरु दही दिन्सकिन्छ दहीमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा प्रोबायोटिक गुण पनि हुन्छ, जसका कारण स्तनपान गर्दा पाचन क्रिया राम्रो रहन्छ ।
उचित खानपान र व्यायामको साथै पर्याप्त निद्राको पनि आवश्यक पर्छ । शाकाहारीले आफ्नो आहारमा विभिन्न प्रकारका हरियो सागसब्जी, विभिन्न प्रकारका फलफूल, विभिन्न प्रकारका नटहरू साथै भिटामिन बी १२, भिटामिन डी, ओमेगा ३ फ्याटी एसिड र क्याल्सियम सप्लिमेन्टहरू समावेश गर्नुपर्छ। फ्याट बढ्छ भनेर खाना कम गर्नुभन्दा दिनमा धेरैपटक थोरै थोरै गर्दै खाने । थोरै थोरै धेरैपटक खाँदा शरिरमा पोषकतत्वको कमि हुन पनि पाउँदैन । खानामा फाइबर युक्त खानेकुराको सामिल गर्नुपर्छ । यसको सेवनले डेलिभरी पछि बढ्ने तौल नियन्त्रण हुन्छ ।