परिचय -
ओभरी महिलाहरुमा हुने एक प्रकारको प्रजनन् अंग हो । कुनै पनि थैलोमा पानी जमेको अवस्थालाई सिस्ट भनिन्छ । अन्डाशयमा पानी जस्तै तरल पदार्थ जमेर बेलुन आकारको बन्छ भने त्यसलाई ओभरियन सिस्ट भन्ने गरिन्छ ।
ओभरियन सिस्टका कारणहरु धेरे छन् । विशेषगरी प्रजनन् क्षमता भएका महिलाहरुमा ओभरियन सिस्टको समस्या देखा पर्ने गर्छ । कतिपय अवस्थामा भने महिनावारी सुकेका महिलाहरुमा समेत ओभरियन सिस्ट देखिन सक्छ ।
महिनावारी गराउने एस्ट्रोजेन र प्रोटेस्टोन हर्मोनको तालमेल नमिलेको अवस्था सिस्ट देखा पर्ने गर्छ । निसन्तानको समस्या भएका महिलाहरुमा अण्डा बढाउनका लागि चलाइने औषधीको कारण पनि सिस्ट हुन सक्छ । एक पटक अण्डाशय सिस्ट भइसकेका महिलाहरुमा पुन यस्तो समस्या आउने गर्छ । त्यस्तै महिलाहरुमा पटक पटक इन्फेक्सन भइरहँदा पनि सिस्टको समस्या आउन सक्छ ।
महिलाहरुमा प्रत्येक महिनामा महिनावारी हुँदा अन्डा निस्कने गर्छ । अन्डा निकाल्ने क्रममा कतिपय अवस्थामा अन्डा नफुटेपछि त्यो सिस्टमा परिणत हुन्छ ।
कस्ता महिलाहरुमा ओभरियन सिस्टले बढी सताउने गर्छ
ओभरियन सिस्टको समस्या जुनसुकै उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुमा हुनसक्छ । प्रजनन् उमेर समूहका महिलाहरुमा बढी मात्रामा भएपनि महिनावारी सुकिसकेका महिलाहरुमा समेत ओभरियन सिस्टको समस्या हुनसक्छ ।
त्यस्तै हर्माेनल असन्तुलन भएका तथा निसन्तानका औषधि सेवन गर्ने महिलाहरु यस्तो समस्या बढी मात्रामा आउन सक्छ । ओभरियन सिस्ट भएपश्चात् महिलाहरुमा महिनावारीमा गडबडी हुने समस्या देखा पर्छ ।
कस्तो अवस्था जोखिम रहन्छ ?
पाठेघरमा हुने दुईवटा अण्डा हुन्छ ,जसलाई हामी डिम्बाशय भन्छौं । डिम्बाशयमा धेरै प्रकारका फोका अर्थात् ‘सिस्ट’ हुन सक्छन् । ‘सिस्ट’ एक प्रकारको झिल्लीदार थैली हो जसमा तरल पदार्थ रहेको हुन्छ । सामान्यतया महिलाको पाठेघरमा महिनामा एउटा अन्डा ठूलो हुने क्रममा फुट्छ । कहिलेकाहीँ त्यो अण्डा नफुटी बस्न सक्छ । त्यस्तोलाई ‘फलिकुलर सिस्ट’ अर्थात् सामान्य ‘सिस्ट’ मानिन्छ ।
सिस्ट’ सानो छ भने यसबाट डराउनु पर्दैन । यो आफै हराएर जान्छ । तर यदि यो ‘सिस्ट’ ७ सेन्टीमिटरभन्दा ठूलो छ भनेचाहिँ यसले समस्या निम्त्याउन सक्छ, जसलाई शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । । त्यसैले यसको समयमै उपचार गराउनु पर्छ । साना आकारका ‘सिस्ट’लाई चिकित्सकहरुले औषधि दिएर निको पार्न सक्छन् । यो आफै निको पनि हुन्छ ।
कसरी थाहा पाउने ?
कहिलेकाही महिनावारी गडबडी भएपश्चात् परीक्षण गराउँदा सिस्ट पत्ता लाग्न सक्छ । भिडियो एक्स रे बाट सिस्ट भएको थाहा पाउन सकिन्छ त्यस्तै सिटीस्क्यान तथा एमआरआई पश्चात् कस्तो खालको सिस्ट हो भनी पत्ता लगाउन सकिन्छ ।
लक्षणहरु
पेट फुल्ने,
तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने,
महिनावारी गडबडी हुने,
खाना खाएपछि चाँडै अघाउने ।
उपचार विधी
सिस्टको उपचारका विभिन्न उपचार विधीहरु अपनाउने गरिन्छ । सिस्टका कारण धेरै पीडा भएको छ पीडा कम गर्ने औषधिहरू प्रयोग गर्न सकिन्छ।त्यस्तै हर्माेनल पिल्सहरुको समेत प्रयोग गर्न सकिन्छ । यद्यपि यसले पूर्णरुपमा निको पार्छ भन्ने कुनै तथ्य भने फेला परेको छैन ।
यदि धेरै महिनासम्म पनि पानी फोकाहरू फुटेर गएनन्, आकार पनि बढ्दै गयो, असामान्य देखिए वा पीडादायक भए भने शल्यक्रिया गरिन्छ ।