एजेन्सी । यौन पावर’ बढाउने चक्करमा मानिसले विभिन्न उपाय गर्छन् ,त्यस्ता उपायले के नोक्सान गर्छ उनीहरुलाई जानकारी नहुनसक्छ । बजारमा पनि यसको नाममा थुप्रै साम्रग्री र औषधिहरु पाइन्छन । कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । ‘यौन पावर’बढाउने नाममा यसको चक्करमा लाग्नु भयो भने एकातिर स्वास्थ्यमा असर पर्न सक्छ भने अर्कोतिर पैसाको सत्यानाश ।
मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन । नोक्सान तब हुन्छ, जो यही धारणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।
१.तेलले मसाज
धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने ‘यौन पावर’ बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले ‘यौन पावर’ बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाई दिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।
२.अश्लील किताब
केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।
३.अण्डा खाएर
केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले यौनका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।
४.रक्सी खाएर सेक्स गर्नु
रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता घटाउँदै लान्छ ।
५. लिंग बढाउने उपाय र तन्त्रमन्त्र
कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार यौनमा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन ।
यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् । यस्ता उपायले स्वास्थ्यका लागि फाइदा गर्दैन ।