परिचय
श्रवण शक्ति कानको एक मुख्य काम हो । सामान्यतया ० देखी २५ सम्म ध्वनीलाई सामान्य मानिन्छ । कानको सुनाईको ग्रेडिङ अनुसार जब २५ भन्दा माथि हुन्छ,त्यसपछि कानको सुनाई कम हुँदैं जान्छ । कानको आवाजलाई मुख्यतया तीन भागमा विभाजन गरिएको छ ।
यदि कुनै पनि व्यक्तिको कानको सुनाई कम भयो भने त्यसको कारणबारे जान्न अति नै आवश्यक छ । हामीले बोलेको आवाज एक माध्यमबाट अर्को माध्यममा पुगिरहेको छ, भने त्यसलाई बाटो भनिन्छ । यस्तो अवस्थामा कानको सुनाई कम भएको अवस्थामा कन्डक्टिभ हेयरिङ लस भनिन्छ । मानिसको कानले आवाज सुनिरहेको छ भने हड्डी तथा नशा दुवैभन्दाबाट सहयोग भइरहेको छ भन्ने बुझिन्छ ।
कानको नसा सुक्दै जाँदा कानको सुनाइ क्षमता कम हुँदै जान्छ । बुढ्यौली लाग्दै जाँदा कानको नशा सुक्दै जाने भएकोले बुढ्यौलीमा कानको सुनाइमा कमी हुँदैं जान्छ ।
कस्तो अवस्थामा गरिन्छ शल्यक्रिया
विशेषगरी कन्डक्टिभ हेयरिङ लसमा शल्यक्रियाको आवश्यकता पर्ने गर्छ । कानको नयाँ जाली बनाउनुपर्ने अवस्थामा पर्दामा प्वाल परेको अवस्थामा तथा हड्डी खाने रोग भएको अवस्थामा पनि कानको शल्यक्रिया गर्ने गरिन्छ । हाम्रो कानभित्र रहेको हड्डीले सुनाईमा सहयोग गर्छ । कानमा बाहिरी, भित्री तथा बीचको गरी तीनवटा भाग रहेका हुन्छन् । कानको बीचको भागमा कहिलेकाही पानी जम्न सक्छ,जसकारण कानको सुनाई क्षमतामा कमी आउने गर्छ ।
कानको सुनाइ कम भएको कसरी थाहा पाउने ?
कानमा सुनाइ कम भएको थाहा पाउनका लागि सबैभन्दा पहिला त्यो कस्तो प्रकारको समस्या हो भनी पहिचान गर्न आवश्यक हुन्छ । यदि कन्डक्टिभ हेयरिङ लस हो तथा जाली प्वाल परेको छ भने सुनाइमा कमी मात्रै आउने गर्छ । यदि नसा सुकेको छ भने आवाज सुनेपनि बोली बुझ्न भने सक्दैन ।
कन्डक्टिभ हेयरिङ लसमा भने आवाज नै कम हुने गर्छ । कानको सुनाई कम भएका व्यक्तिहरुको कान कराउने,कान टालिए जस्तो हुने,कानको जाली रातो हुने जस्ता लक्षणहरु देखा पर्छन् । त्यस्तै कान पाकिरहने समस्या भएका व्यक्तिहरुमा कानको सुनाइ कम हुने गर्छ ।
कस्तो समस्यामा कस्तो उपचार विधी
चिकित्सकले सबैभन्दा पहिला त रोगको पहिचान गर्छन् । कतिपय अवस्थामा औषधिको सेवनबाट पनि कानको सुनाई क्षमता फर्काउन सकिन्छ ।
यदि कानको जालीमा प्वाल परेको छ भने नयाँ जाली लगाएपछि पुन सुनाई फर्कन सक्छ । तर कुनै कुनै अवस्थामा गुमेको सुनाई नफर्कन सक्छ ।जस्तै बुढेस्कालमा नसा सुकेर गुमेको सुनाई । बुढो अवस्थामा गुमेको सुनाइका लागि बाहिरबाट मेसिन लगाएर सुनाई फर्कोउने काम गरिन्छ । त्यसैले चिकित्सकले सुनाइ गुम्नुको कारण पहिचान गरी शल्यक्रिया गर्ने या नगर्ने भनी निधो गर्छन् । सबै प्रकारको समस्यामा शल्यक्रियाको आवश्यकता पर्दैन।
कान बचाउने उपाय
विदेश तिर प्रत्येक ६/६ महिनामा सामान्य स्वास्थ्य परीक्षण गर्ने परिपाटी रहेको छ । अत्याधिक मात्रामा ध्वनी प्रदुषण हुने ठाउँहरुमा काम गर्ने मानिसहरुमा कानको श्रवण क्षमता गुम्ने खतरा हुनसक्छ ।
यसबाट बँच्नका लागि इयर क्ल्बको प्रयोग गर्न सकिन्छ । यदि शरीरमा थाइराइड तथा सुगरको मात्रामा थपघट भइरहेको अवस्थामा पनि कानको श्रवण क्षमतामा असर गर्छ । त्यसैले कानको श्रवण क्षमतालाई जोगाइराख्न बाहिरी तथा शारीरिक क्षमताबाट पनि बँच्नुपर्ने हुन्छ । साथै कानको सुनाइलाई बचाउनका लागि बेलाबेलामा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।