राज्यमन्त्री बिमला बि कको पहलमा अक्सीजन प्लान्टका लागि डेढ करोड बजेट बिनियोजन
काठमाडौं उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला बि कको पहलमा आज बर्दिया जिल्लामा अक्सीजन प्लान्टका लागि डेढ करोड बजेट बिनियोजन भएको छ ।
राज्यमन्त्री बिमला बि कको पहलमा बर्दिया जिल्ला अस्पतालमा अक्सीजन प्लान्ट निर्माणका लागि डेढ करोड बजेट बिनियोजन
दोस्रो चरणको कोरोना महामारीमा बर्दिया जिल्लालाई सुरक्षित बनाउने प्रयासका लागि स्वास्थ्य सामग्री लिएर बर्दिया गएर काठमाडौं फर्कदा राज्यमन्त्री बि क संक्रमित भएका थिइन् । केहि समय यता बर्दियाबासीले बेड, अक्सीजन अभाबले संक्रमितको उपचार गर्न समस्या भएको बताएपछि उनले अस्पतालहरुमा सहयोग गर्ने योजना बनाएको उनले बताइन् ।
उनि भन्छिन्, जिल्लाबासीले अक्सीजन पाईन भन्ने गुनासो गर्दा आफ्नै श्वास रोकिए झै भयो । करिब १० दिनको प्रयासले आज बर्दिया जिल्लामा अक्सीजन प्लान्टका लागि डेढ करोड बजेट बिनियोजन गर्न सफल भएको उनले बताइन् ।
बजेटका लागी आबश्यक कागजपत्र र निन्तर फ्लोअपमा बर्दियाका सिडिअो र गुलरिया अस्पतालका अध्यक्ष अंगत श्रेष्ठ, मेसु डा सुभासको सहयोग यो कार्य सफल भएको उनले बताइन् । उनले भनिन्, बिनियोजित रकम निकासा लगायत संघ अन्तरगतका सबै प्रक्रियमा सहजीकरणको लागि आफु र आफ्नो सचिवालय हरदम तयार छ ।
तर यस्तो धारणाले सङ्क्रमितलाई झन् गम्भीर समस्यामा पुर्याउने गरेको पाइएको डा. पाठक बताउँछन्।
'उपचार पाउनबाट वञ्चित हुनसक्ने अवस्था'
उनी भन्छन्, "सङ्क्रमित सुरुमै अस्पताल आएको अवस्थामा केही औषधि चलाउन सकिन्छ। तर जब गम्भीर भएर आउँछन् उनीहरूलाई आईसीयू शय्या निश्चित मात्रै हुने हुँदा खोजे जस्तो उपचार पाउनबाट वञ्चित हुन पनि सक्ने अवस्था देखिएको छ।"
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अस्पताल भर्ना भएका सङ्क्रमितमध्ये झन्डै ४० प्रतिशत सङ्क्रमित गम्भीर अवस्थाका छन् र उनीहरूलाई अत्यधिक मात्रामा अक्सिजन दिनु परिरहेको छ।
दुई हप्तायता लुम्बिनी प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेको हुँदा अस्पतालमा शय्याको अभाव हुन गएको र अक्सिजनको पनि अभाव देखिएको डा. देवकोटा बताउँछन्।
वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मनोहर जोशीले कडा खालको सङ्क्रमित नदेखिएको अवस्थामा घरमै बस्दा पनि खास समस्या नहुने बताउँछन्।
"पछिल्लो समय घरमै अक्सिजन सिलिन्डर राखेर ढुक्क भएर बस्ने गरेको पनि देखियो, तर त्यो गलत काम हो," डा. जोशी भन्छन्।
यसरी घरघरमै अक्सिजन राख्दा अस्पतालहरूमा सिलिन्डरको अभाव भई जटिल प्रकारका सङ्क्रमितहरूले अक्सिजन नपाउने अवस्था समेत देखिएको मन्त्रालयका सचिव डा. विकास देवकोटा बताउँछन्।
अहिले प्रदेशमा दैनिक ३,५०० वटा जति अक्सिजन सिलिन्डर चाहिने भए पनि उत्पादन २,१०० को हाराहारीमा रहेको बताइन्छ।
यसै हप्ता भारतबाट दुई ट्याङ्कर तरल अक्सिजन ल्याइएको थियो भने बाँकी अपुग अक्सिजन अन्य जिल्लाबाट ल्याएर काम चलाइएको डा. देवकोटा बताउँछन्।
बिबिसी