महिनावारी मूलतः गर्भधारणका लागि महिलाको शरीरले आफूलाई तयार पार्ने प्रकृया हो। यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्याउन एंडोमेट्रियमको विकास भएको हुन्छ । निषेचन हुन नसकेको खण्डमा यो महिनावारीको रुपमा शरीरबाट बाहिर निस्किन्छ ।
महिनावारी चक्रमा कहिले के हुन्छ रु
महिनावारीको १ देखि ५ दिन रक्तश्राव हुन्छ ।
महिनावारीको ६ देखि १४ दिन डिम्ब र एंडोमेट्रियमको विकास हुन्छ ।
महिनावारीको १४ दिनमा डिम्बाशयबाट डिम्बको निष्काशन हुन्छ ।
महिनावारीको १५ देखि २८ दिन गर्भनली हुँदै डिम्ब पाठेघर सम्म पुग्छ । गर्भनलीमा शुक्रकिट सँग मेल भए गर्भधारण प्रक्रिया शुरु हुन्छ अन्यथा एंडोमेट्रियमसंगै डिम्ब पनि महिनावारीको रक्तश्रावको रुपमा निस्किन्छ ।
धेरैजसो महिलाहरुमा महिनावारी गढबढि भएको हुन्छ । यसका विभिन्न कारणहरु हुन सक्छन् । प्रजननमा हानी पुर्याउन सक्ने अनियमित महिनावारीका कारणहरु यस प्रकार रहेका छन् ।
एनोभुलेशन
यस अन्तर्गत ओभुलेसन अर्थ डिम्ब निष्कासन हुन सक्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बिना गर्भधारण सम्भव हुँदैन ।
प्राथमिक डिम्बग्रंथि अपर्याप्तता ९पीओआई० र समयपूर्व डिम्बग्रंथि विफलता ९पीओएफ०
यस्तो अवस्थामा अनियमित महिनावारी हुनसक्छ वा पूर्ण रुपमा महिनावारी बन्द हुन सक्छ । एस्ट्रोजेन को मात्रा कम भएर हुन सक्ने यस्तो समस्यामा योनी सुख्खा हुने, यौन सम्पर्क पिडादायक हुने, निंद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसन जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा पनि विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।
मोटोपन
मोटोपन प्रजनन् मा असर पुर्याउने एक प्रमूख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो हुनुमा पीसीओएस, थाइरोइड पनि प्रमूख कारण हुन सक्छ । यस्तो अवस्थामा जीवनशैली र खानपान आदिमा सुधार ल्याएर र व्यायाम, योग आदिमा ध्यान दिएर सुधार ल्याउन सकिन्छ । धेरै कम तौल भएपनि समस्या देखिन सक्छ ।
पोलीसिस्टिक ओभरियन सिंड्रोम ९पीसीओएस०
पीसीओएस एक इन्ड्रोक्राइन सम्बन्धि समस्या हो । यसले सबैमा बाँझोपन ल्याउँछ भन्ने हुँदैन तर गर्भधारणमा अफ्ठ्यारो हुने गर्दछ र ८ मध्ये १ मा बाँझोपन पनि ल्याउन सक्छ । पीसीओएस देखिएकाहरुले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरुमा गर्भपात को समस्या देखिन सक्छ ।
थाइरोइड सम्बन्धि समस्या
अधिक सक्रिय वा न्यून सक्रिय थायरोइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ ।
यसमा तौल बढ्ने, निन्द्रा नलाग्ने, थकान लाग्ने, डिप्रेसन हुने जस्ता समस्या देखिन सक्छ । यस्तो समस्या भएमा पनि चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
महिनावारी सँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने हुँदैन । कसै कसैले केहि औषधि सेवन गरेर त कसैले निरन्तर प्रयास बाट पनि सन्तान प्राप्त गर्न सक्छन् ।
स्रोत वास्तल्य नेचुल आइभिएफ