शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । हातखुट्टा बाउँडिनु रोग होइन, त्यसैले यसको सटिक उपचार हुँदैन । तर, ठूलो समस्या हो, त्यसैले रोकथामका उपाय अपनाउनु अत्यावश्यक हुन्छ ।
कसैलाई बसिरहेको बेला , सुतेको समयमा वा काम गर्ने समयमा पनि अनावश्यक रुपमा कहिलेकाहीँ हातगोडा बाउँडिने गर्छन । हातगोडा बाउँडिँदा अत्याधिक पीडा त हुन्छ नै, केहि समय सम्म दुखि रहने गर्छ । कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।
शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ । शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । प्रायः कसरत, योगा, जगिङलगायत सक्रिय रूपमा शारीरिक क्रियाकलाप गर्ने व्यक्तिहरूमा यसको समस्या बढी देखिन्छ । साथै, महिलामा महिनावारी पनि यस्तो खालको समस्या देखिन्छ ।
हातगोडा बाउँडिनुका यस्ता छन् कारण
- शरिरमा पोटासियको कमि हुदा
- एउटै पोजिसनमा बसेर र निरन्तर एउटै काम गर्दा
- शरिरमा तरल पदार्थको कमि र मिनिरल्सको कमिले
- धेरै गाह्रो काम गर्दा
- शरीरमा सोडियम, पोटासियम, क्याल्सियम, भिटामिन डीको कमीले
- शरीरमा रक्तसञ्चार राम्ररी नभएमा
- बसाई नमिल्दा शरिरको कुनै एक भागमा मात्र दवाब पर्न गएमा
यसको रोकथामका लागि के खाने
- प्रोटिन तथा रेसादार फलफूल निरन्तर खानुपर्छ ।
- केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा हुने हुँदा केरा सेवनले मांशपेशी बाउँडिने समस्या समाधान गर्छ ।
- सखरखण्ड पौष्टिक तत्व प्रचुर मात्रामा हुन्छ । सखरखण्डमा पनि पोटासियम, क्याल्सियम र म्याग्नेसियम पाईन्छ ।
- एभोकाडोमा पोटासियम हुन्छ । पोटासियमले मांसपेशीलाई स्वस्थ बनाउँदै मुटुलाई पनि स्वस्थ राख्छ ।
- केराउ, मटर, मास, राज्मा, भटमास, बोडीलगायत सबै गेडागुडीमा म्याग्नेसियमको मात्रा धेरै हुन्छ । गेडागुडी सेवनले शरीरमा - फाइबरको मात्रा पनि पुग्छ ।
- डिहाइड्रेसन भएर मांसपेशी बाउँडिने समस्या झन बढ्छ । त्यसैले हरेक दिन खरबुजा खाँदा मसल र्क्याम्पमात्र होइन डिहाइड्रेसनको समस्या पनि आउँदैन ।
- दूधले शरिरलाई हाइड्रेट राख्नुका साथै प्रोटिनको मात्रा पनि धेरै भएका कारण च्यातिएका मांसपेशीका तन्तुहरूको सुधारमा पनि सहयोग गर्छ ।
रोकथामका उपाय
- भिटामिन डीयुक्त खाद्यपदार्थको नियमित प्रयोग गर्नुपर्छ ।
- धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।
- दैनिक आधा घण्टा बिहानको घाममा बस्ने
- सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।
- निरन्तर एउटै पोजिसनमा बसेर काम नगर्ने
- १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।
- धेरै गाह्रो काम नगर्ने
- कसरत, योगा, जगिङ लगायत शारीरिक क्रियाकलाप गर्दा ध्यान दिने
- केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।
- प्रशस्त मात्रामा पानी पिउने ।
यदि निरन्तर रूपमा हातगोडा बाउँडिएमा अस्पताल गई डाक्टर को सल्लाह अनुसार रगत जाँच गराउनुपर्छ । रगत जाँचपछि यसको असली कारण थाहा पाउन सकिन्छ ।