काठमाडौं । क्ल्निीकल फर्मासिस्ट हेल्थ केयर प्राक्टिस्मा रहने एउटा सदस्य हो । क्ल्निीकल फर्मासिस्टले औषधीको जोखिमलाई न्यूनीकरण गरी प्रभावकारिता बढाउन क्ल्निीकल फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ । औषधीको असरलाई कम गरी यसको प्रयोगलाई बढावा दिनका लागि क्ल्निीकल फर्मासिस्टको सधैं तत्पर रहन्छन्।
क्ल्निीकल फर्मासिस्टको भूमिका
औषधिको प्रयोगमा बिरामीहरु खासै सचेत भएको पाइँदैंन । औषधिको प्रयोगले हाम्रो शरीरमा पार्ने दुष्प्रभावप्रति हामी सधैं सचेत हुन जरुरी छ । क्ल्निीकल फर्मासिस्टले त्यसका लागि फिजिसियन, नर्स तथा बिरामीसँग मिलेर सहकार्य गर्नुपर्ने हुन्छ । बिरामीले कसरी औषधिको प्रयोग गर्दो त्यसको दुष्प्रभाव कम हुन्छ भन्नेबारे हामी सधैं सचेत हुन्छौं । औषधिको जोखिमलाई न्यूनीकरण गरी यसको प्रभावलाई बढाउने मुख्य लक्ष्यसहित क्ल्निीकल फर्मासिस्टले काम गरिरहेका हुन्छन् ।
औषधिको डोज सम्बन्धित बिरामीका लागि उपयुक्त छ या छैन भन्ने विषयमा चिकित्सकसँग मिलेर काम गर्नुपर्ने हुन्छ । किमोथेरापी, एन्टिबायोटिक लगायत बिरामीले प्रयोग गरिरहेका विभिन्न प्रकारका औषधिबारेको चिकित्सकसँग सल्लाह गरी त्यसको जोखिम घटाउनमा हामी लागिपरेका हुन्छौं ।
अस्पताल भर्ना भएर बसेको बिरामी डिस्चार्ज गर्नु अगाडि बिरामीको डिस्चार्जमा भएको औषधि उक्त बिरामीको लागि उपयुक्त छ छैन , कहिले सम्म प्रयोग गर्ने , त्यसको प्रयोगको बेला कस्तो कुरामा विशेष ध्यान दिने भन्ने विषयमा क्ल्निीकल फर्मासिस्टले पुन हेरफेर गर्छन् ।
क्ल्निीकल फर्मासिस्टबारे आम मानिसमा रहेका भ्रमहरु
फर्मासिस्ट भन्नेबितिकै औषधि वितरण गर्ने व्यक्ति हो भन्ने आम धारणा रहेको छ । क्ल्निीकल फर्मासिस्ट अस्पतालका फिजिसियन लगायत जुनसुकै चिकित्सकको समूहमा काम गर्ने दक्ष जनशक्ति हो । जो बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति पनि हो । अस्पतालमा औषधि प्रयोग कसरी भइराखेको छ भन्नेबारे जानकारी लिई सही रुपमा प्रयोग गराउने व्यक्ति नै क्ल्निीकल फर्मासिस्ट हुन् ।
चिकित्सकले बिरामीलाई प्रयोग अनुमती दिएका औषधिले शरीरका कुनै अंगमा असर गर्छ वा गर्दैन भन्नेबारे निश्कर्ष निकाली समाधान गर्नमा क्ल्निीकल फर्मासिस्टको भूमिका महत्वपूर्ण हुन्छ । बिरामीहरु भने क्ल्निीकल फर्मासिस्टको भूमिकाबारे अनविज्ञ रहेको पाइन्छ । बिरामीहरुले क्ल्निीकल फर्मासिस्ट भन्नेबितिकै औषधि वितरण गर्ने व्यक्ति भन्नेमात्रै बुझाइ राखेको पाइन्छ ।
नेपालका अस्पतालका क्ल्निीकल फर्मासिस्टहरुको संख्या एकदमै न्यून रहेको पाइन्छ । नेपालमा २–३ वटा अस्पतालहरुमा मात्रै क्ल्निीकल फर्मासिस्ट राखेको पाइन्छ, जुन अस्पतालको प्रत्येक विभागमा आवश्यक जनशक्ति हो । क्ल्निीकल फर्मासिस्ट पढेका मानिसहरु संख्या भएपनि त्यसको अभ्यास भने कम नै छ । अस्पतालका प्रत्येक विभागमा सम्भव नभएपनि एक अस्पतालमा कम्तीमा एक जना क्ल्निीकल फर्मासिस्ट राख्न सकेको अवस्थामा औषधिबाट हुने जोखिम न्यूनीकरणमा सघाउ पुग्न सक्छ ।
नेपालमा क्ल्निीकल फर्मासिस्टको पढाइ
हाल पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुले मास्टर्स इन क्ल्निीकल फर्मासिस्ट भन्ने कोर्स ल्याएका छन् । यसबाट नेपालमा क्ल्निीकल फर्मासिस्ट उत्पादनमा सघाउ पुगेको छ । फार्मेसीमा स्नातकसम्मको पढाइ सकेकाहरुले यो कोर्स लिन सक्छन् ।