पेनिक अट्याक एक उग्र गतिको डर हो। लामो समय देखि को तनाब, कुनै घटना अथवा दुर्घटना हरु को याद निरन्तर आइरहने, तथा कुनै पनि प्रकारको सामान्न्य डर अथवा आत्तिने समस्या भएका ब्यक्त्तिहरु लाई पेनिक अट्याक हुने सम्भावना रह्नछ। एक पटक पेनिक अट्याक भए पछि फेरि पनि यस्तै हुन्छ कि भन्ने डर मनमा रहने पनि गर्दछ।
फेरि पनि हुन्छ कि भन्ने डर मनमा रह्यो भने ब्यक्त्तिलाई झनै सिथिल बनाउने गर्दछ, धेरै ब्यक्त्तिहरु ले दैनिक काम काज नै छाडेर घरमै बस्ने गरेको, कसै कसैले ले त त्यो ठाउँ नै छोड्ने गरेको पनि देखिन्छ।
पेनिक अट्याक का लक्षणहरु:
१ मुटु को धड्कन बढ्नु ।
२ श्वास छिटो छिटो चल्नु ।
३ शरिर तातेको अथवा चिसो अनुभव गर्नु ।
४ मरिन्छ कि अथव बेहोस नै भइन्छ कि भन्ने सोच मनमा आउनु ।
५ होस नै गुम्छ कि, पागल नै हुन्छु कि भन्ने सोच मनमा आउनु ।
६ टाउको भारी हुनु, रिंगटा लागे जस्तो हुनु ।
७ ह्रिदय घात भएर अथवा स्वास रोकिएर मरिन्छ कि भन्ने डर लाग्नु ।
अत्यधिक डर र त्यसमा पनि मरिन्छ नै भन्ने डर लाग्ने भएको कारणले गर्दा ब्यक्त्तिहरु धेरै नै आत्तिने र तुरन्तै अस्पताल गइ हाल्ने गरेको देखिन्छ।
यस्ता लक्षणहरु देखिएका छन र तुरन्तै अस्पाताल गएर मुटु सम्बन्धि सबै जांच गराउदा मुटु सामान्न्य भएको कुरा मुटु रोग बिशेषज्ञ द्वारा नै एकिन गरिएको अवस्थामा थप ठाउमा भौतारिएर कष्ट पाउनु भन्दा मानसिक समस्या सम्बन्धि परामर्श गराउदा समस्या को सहि उपचार हुने गर्दछ।
पेनिक अट्याक को उपचार साइको थेरापी बिधि द्वारा पनि गराउन सकिन्छ। साइकोथेरापी बिधि द्वारा उपचार गराउदा १ देखि ४ वटा भेटमा डर पुर्ण रुपमा नै निको हुने गर्दछ।