आँखा विशेषज्ञका अनुसार, सामान्यतया एक मानिसले एक मिनेटमा १० चोटि परेला झिम्क्याउँछ । तर तपाईं यसभन्दा बढी वा कमपटक परेला झिम्क्याउनुहुन्छ भने सचेत हुन जरूरी छ ।
कम्प्युटरमा लामो समयसम्म काम गर्ने मानिस वा टीभी र मोबाइल धेर हेर्ने मानिस परेला कम झिम्क्याउँछन् । परेला कम झिम्क्याउनु आँखाका लागि खतरनाक हुन्छ र रोग निम्त्याउँछ । आँखा सुक्खा हुने समस्या यसले निम्त्याउँछ ।
स्वस्थ आँखाका नानी जहिले पनि गिलो देखिन्छन् । आँखाको नानीमा विशेष किसिमको तरल हुन्छ जसले लुब्रिकेन्टको काम गर्छ । परेला झिम्क्याउँदा त्यो लुब्रिकेन्ट नानीमा मज्जाले फैलिन्छ र त्यसलाई गिलो राखिरहन्छ । तर परेला
कम झिम्क्याइयो भने लुब्रिकेन्ट सही तरिकाले आँखामा फैलिँदैन । अनि आँखा सुक्खा हुन्छ ।
आँखा सुक्खा हुनु निकै हानिकारक हुन्छ । यसले गर्दा आँखामा आँसु कम बन्छ र तिनको दृष्टि पनि घट्छ । आँसुले आँखाको कोर्निया र कन्जक्टाइभालाई गिलो राखेर सुक्खा हुन दिँदैनथियो ।
हाम्रो आँखामा एउटा टीयर फिल्म हुन्छ जसको सबभन्दा बाहिरी पत्रलाई लिपिड वा ओइली लेयर भनिन्छ । यही लिपिड लेयर आँसु धेर बगाउन, गर्मीमा वा धेरै हावा चल्दा आँसु सुक्न वा उड्न कम गर्छ ।
लिपिडले नै परेलामा चिल्लोपना दिन्छ जसले गर्दा परेला झिम्क्याउन सजिलो हुन्छ ।
लामो समयसम्म कम्प्युटरमा काम गर्दा वा धेर टीभी हेर्दा वा निरन्तर एयर कन्डिसनमा बस्दा आँखाको टीयर फिल्म प्रभावित हुन्छ र आँखा सुक्न थाल्छ । त्यसलाई ड्राई आई सिन्ड्रोम भनिन्छ ।
ड्राई आई सिन्ड्रोम हुँदा आँखा पोल्छ, घोचेको जस्तो हुन्छ, चिलाउँछ, भारी रहन्छ र आँखा रातो हुन्छ ।
यसलाई बेवास्ता गरेमा दृष्टि नै गुम्न सक्छ । त्यसैले बारम्बार आँखा झिम्क्याउने गर्नुपर्छ ।