एजेन्सी । बेलायतमा प्रोटिन शेक पिउँदा भारतीय मूलका किशोरीको मृत्यु भएको समाचारले नयाँ बहस सुरु गरेको छ। प्रोटिन सप्लिमेन्टको लेबलमा चेतावनी लेख्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिरहेको छ ।
वास्तवमा, लन्डनमा बस्ने १६ वर्षीय रोहनको स्वास्थ्य १५ अगस्ट २०२० मा अचानक बिग्रियो र तीन दिनपछि अस्पतालमा उनको मृत्यु भयो । करिब साढे तीन वर्ष लामो अनुसन्धानपछि अन्वेषकहरू रोहनको मृत्यु उनका बुबाले तौल बढाउन दिएको प्रोटिन शेकका कारण भएको निष्कर्षमा पुगेका हुन्।
अन्वेषकहरूका अनुसार रोहनलाई ओर्निथिन ट्रान्सकार्बामाइलेज (ओटीसी) को कमी भनिने आनुवंशिक अवस्था थियो, जसले प्रोटिन शेक खाएपछि उनको शरीरमा अमोनियाको स्तर बढेर ज्यान जोखिममा परेको थियो ।
अन्वेषकले अदालतलाई भने कि उनको विचारमा यो चेतावनी प्रोटिन सप्लिमेन्टको लेबलमा बोतलमा छापिएको हुनुपर्छ । उनीहरूका अनुसार ‘ओटीसीको कमी सामान्य समस्या मानिन्छ तर, पनि यो समस्या भएकाहरूका लागि धेरै प्रोटिनको सेवन खतरनाक हुन सक्छ ।’यो खबरपछि बेलायतमा मात्रै नभई विश्वभर नै प्रोटिन सप्लिमेन्टको बारेमा चासो बढेको छ र प्रोटिन सप्लिमेन्टको लेबलमा यस्तो चेतावनी दिनु पर्ने भनाइ रहेको छ किनभने प्रोटिन शेक युवाहरु विशेषगरी जिम जानेहरु माझ निकै लोकप्रिय छ ।
प्रोटीन किन महत्वपूर्ण छ ?
प्रोटिन एक आवश्यक पोषक तत्व हो । यसले मांसपेशीहरू निर्माण र मर्मत गर्न महत्वपूर्ण भूमिका खेल्छ । प्रोटिनले हड्डी र रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनुका साथै मुटु, मस्तिष्क र छालालाई स्वस्थ राख्छ ।इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (क्ष्ऋःच्) का अनुसार दैनिक शरीरको तौलमा ०.८ देखि १ ग्राम प्रोटिन भारतीयहरूका लागि पर्याप्त छ र तपाईंको आहारको एक चौथाई प्रोटिन हुनुपर्छ ।
यो शरीरलाई आवश्यक प्रोटिनको मानक मात्रा हो । उमेर, स्वास्थ्य, शारीरिक परिश्रम र व्यायाम स्तर अनुसार सबैको प्रोटिनको आवश्यकता फरक–फरक हुन्छ, तर धेरैजसो मानिसहरूलाई सही मात्रा थाहा हुँदैन ।अण्डा, दूध, दही, माछा, दाल, मासु, भटमास आदि प्रोटिनले भरिपूर्ण हुने भएकाले धनी देशका अधिकांश युवाले आफ्नो खानाबाट आवश्यक मात्रा प्राप्त गर्छन् । प्रोटिन सप्लिमेन्टहरू आहारबाट उपलब्ध नहुने प्रोटिनको कमीलाई पूरा गर्न प्रयोग गरिन्छ ।
प्रायः प्रोटिन सप्लिमेन्टहरू पाउडरको रूपमा उपलब्ध छन् जुन मुख्य रूपमा शेकहरू बनाएर खपत गरिन्छ । प्रोटिन पाउडर विभिन्न स्रोतहरूबाट लिइएको प्रोटिनको पाउडर हो । यो प्रोटिन पाउडर आलु, भटमास, चामल र मटर जस्ता बोटबिरुवाहरू र अण्डा वा दूधबाट पनि लिइन्छ ।
प्रोटिन सप्लिमेन्ट लिनु कत्तिको खतरनाक छ ?
डा. समीर जामवाल बायोकेमिस्ट्री विभागमा एमडी हुन्, डा राजेन्द्र प्रसाद मेडिकल कलेज, कांगडा, हिमाचल प्रदेशमा कार्यरत छन् । उनी भन्छन्, ‘तपाईको तौल ५० केजी छ भने दैनिक ५० ग्राम प्रोटिन खाँदा कुनै समस्या छैन ।’
प्रोटिन पचाएर उत्पादन हुने अतिरिक्त अमोनियालाई शरीरले युरियामा परिणत गरी पिसाबबाट निस्कने गरेको उनको भनाइ छ । तर धेरै मानिसहरूसँग अमोनियालाई यूरियामा रूपान्तरण गर्ने इन्जाइमहरू हुँदैनन्, अर्थात् उनीहरूमा यूरिनल विकार हुन्छ । यसको बेफाइदा भनेको शरीरमा अमोनियाको मात्रा बढ्नु मस्तिष्कका लागि निकै हानिकारक हुने डा. समीर बताउँछन् ।
उनी भन्छन् कि यी युरिया विकार विभिन्न प्रकारका हुन्छन् र यस प्रकारको समस्या भएका मानिसहरूका लागि अधिक प्रोटिन लिनु खतरनाक हुन सक्छ ।
युवाहरुमा अतिरिक्त प्रोटीन लिने प्रवृत्ति
खासगरी शरीर निर्माण र खेलकुदमा लाग्ने युवाहरुमा सप्लिमेन्ट लिने प्रवृत्ति निकै बढेको देखिएको छ । ती मध्ये एक उदय नोएडाको एक निजी संस्थानमा पढिरहेका छन् । उनी सानैदेखि निकै दुब्ला थिए । तर कलेजमा उनी आफ्नो तौललाई कम महशुस गर्थे, त्यसपछि उनले तौल बढाउन प्रोटिनको प्रयोग गर्न थाले । त्यसपछि उनको तौल बढ्यो तर समस्या पनि सुरु भयो।
दिल्लीको पुष्पाञ्जली मेडिकल सेन्टरका वरिष्ठ डाक्टर मनिष सिंह भन्छन् कि युवाहरूले बिना सोधबुझ प्रोटिन सप्लिमेन्ट खान थालेपछि बिरामी पर्न थालेका यस्ता धेरै घटना आफूले पाएको बताए ।
उनी भन्छन्, ‘हामी प्रोटिन शेक लिने परामर्श दिन अस्वीकार गर्छौं किनभने कहिलेकाहीँ यसले कोशिका भित्रका प्रक्रियाहरूलाई असर गर्छ र रोग प्रतिरोधात्मक क्षमता कम गर्छ ।’
उनी भन्छन्, ‘युवाको कलेजोमा पिप भरिने धेरै घटना मैले देखेको छु । शरीर राम्रो हुँदाहुँदै पनि कसैलाई निमोनिया पनि हुन्छ तर पनि उनीहरु बडी बिल्डिङका लागि प्रोटिन शेक लिइरहेको बताउँछन् ।’
डा. मनिष बताउँछन् कि यस्ताँ धेरै व्यक्तिहरू छन् जसले फाइदा र बेफाइदा थाहा नदिई अतिरिक्त प्रोटिन लिन थाल्छन्, उनीहरूलाई आवश्यक नहुँदा पनि । उनी भन्छन्, ‘स्वस्थ नभएको बेला शरीर निर्माण गरेर के फाइदा ? तपाईले देख्नु भएको होला कि जिम जाने धेरैलाई कार्डियक अरेस्ट भएको छ । राम्रो शरीर राम्रो स्वास्थ्यको मापन होइन । सबैभन्दा महत्वपूर्ण कुरा सन्तुलित आहार हो ।
त्यसैगरी, डा. समीर जामवाल, प्रोटिन पूरकसंग सम्बन्धित ठूलो खतरा बारे चेतावनी दिन्छन् । ‘यो खतरा हो – प्रोटीन पूरकमा भारी मात्रामा धातुको अशुद्धता हुन्छ ।’डा. जामवाल बताउँछन्, ‘जिम जाने मानिसहरूले सामान्यतया दूधबाट बनेको ह्वी प्रोटिन प्रयोग गर्छन् ।
कारखानामा ख्याल नगरे प्रोटिनलाई स्रोतबाट अलग गर्ने प्रक्रियामा सिसा, आर्सेनिक, पारा जस्ता भारी धातुहरू आउने जोखिम हुन्छ । शरीरले यी भारी धातुहरू उत्सर्जन गर्न असमर्थ हुन्छ र मृगौला र कलेजो जस्ता अंगहरूलाई क्षति पु¥याउँछ ।’
चेतावनी दिंदा केहि परिवर्तन हुन्छ ?
बेलायतमा प्रोटिन सप्लिमेन्टको लेबलमा चेतावनी हुनुपर्छ कि पर्दैन भन्ने निर्णय भएको छैन । तर के केवल चेतावनी पर्याप्त हुनेछ ?
किनभने यससँग सम्बन्धित प्रश्न पनि छ कि धेरै देशमा आनुवंशिक म्यापिङ गर्ने अभ्यास छैन, जसले गर्दा कसैलाई कुन वंशाणुगत विकार छ र उसको सेवनले के समस्या हुन सक्छ भनेर थाहा पाउन सकिन्न ।यस्तो अवस्थामा, धेरैजसो केसहरू डाक्टरहरूकहाँ आएर मात्र थाहा पाउँछन् । किनभने जब कसैलाई त्यो विकारको कारण गम्भीर समस्या हुन्छ अनि मात्र डाक्टरकहाँ जाने चलन छ । त्यसकारण लेबलमा चेतावनी लेख्दा त्यो प्रभावकारी साबित नहुन सक्छ ।
सप्लिमेन्ट खानुको सट्टा मानिसले आफ्नो खानपिनमा ध्यान दिनुपर्ने र सन्तुलित आहार लिनुपर्ने चिकित्सकहरू बताउँछन् । (बिबिसी हिन्दीबाट)